२० असार २०८३, शनिबार

ओलीले भने– 'मैले छलफलवाला मान्छे ३ जना देखें : माधव नेपाल, नारायणकाजी र घनश्याम भुसाल'

ओलीले भने– 'मैले छलफलवाला मान्छे ३ जना देखें : माधव नेपाल, नारायणकाजी र घनश्याम भुसाल'
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले पार्टीमा छँदासम्म भूमिहीन सुकुम्वासीहरूको समस्या समाधान गर्न अवरोध गरेको आरोप लगाएका छन् ।

नेकपा ओली समूह निकट नेपाल भूमिहीन सुकुम्वासी संगठनको भेलालाई बुधवार राजधानीमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा आयोग बनाएर भूमिहीनहरूको समस्या समाधान गर्न पहल गरे पनि नेता नेपालले आफू निकट वकिललाई मुद्दा हाल्न लगाएर काम गर्न नदिएको आरोप लगाए ।

साथै प्रधानमन्त्री ओलीले केही नेताले जे कुरामा पनि छलफल गर्नुपर्छ भनेर काम गर्न नदिएको आरोप लगाए ।

'मैले छलफलवाला मान्छे ३ जना देखें,' नामै किटेर ओलीले भने, 'पहिलो माधव नेपाल, दोस्रो नारायणकाजी श्रेष्ठ र अर्को घनश्याम भुसाल ।'

उनले थपे, 'जहिले जेमा पनि छलफल गर्नुपर्छ । सुकुम्वासी आयोग बनाऔं न भन्यो, छलफल हुनुपर्छ, किन बनाइयो छलफल हुनुपर्छ, काममा खटाऔं मान्छे, छलफल हुनुपर्छ । उनीहरूलाई कुरा फिट्नमा आनन्द छ ।'

salt training

कमेन्ट गर्नुहोस्