३१ असार २०८३, बुधबार

स्कुटर दुर्घटनामा कलाकार पूजा गहतराजको निधन

स्कुटर दुर्घटनामा कलाकार पूजा गहतराजको निधन

रुपन्देही तिलोत्तमा नगरपालिका भएको सवारी दुर्घटनामा परि कलाकार पुजा गहतराजको निधन भएको छ ।

घटना गए रातीको हो । बुटवल भैरहवा सिद्धार्थ राजमार्गको तिलोत्तमा ३ ड्राइभर टोल नजिकै बसको ठक्करबाट लु ३० प ८५६९ नम्बरको स्कुटरमा सवार पूजाको निधन भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जानकारी दिएको छ ।

बुटवल चाँदबारी स्थायी घर भएकी उनी बुटवलबाट मणिग्रामतर्फ जाँदै थिइन् । बसले ठक्कर दिएपछि घाइते पूजाको क्रिमसन अस्पतालमा पुराइएको थियो । तर, केहि समयमै डाक्टरले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने बस प्रहरीको नियन्त्रणमा छ ।

२६ बर्षिया पूजा नृत्यङ्गना हुन् भने न्यू इन्भारमेन्ट कलेजमा नृत्य प्रशिक्षकको रुपमा समेत कार्यरत थिइन् । उनी लुम्बिनी नृत्य कलाकर्मी संघ लुम्बिनी प्रदेशकी सदस्य समेत थिइन् ।

salt training

कमेन्ट गर्नुहोस्