२२ असार २०८३, सोमबार

प्रचण्ड र पत्रकारहरूलाई शंकर पोखरेलको निम्तो– 'जनसभा कस्तो हुन्छ हेर्न बुटवल आउनू'

प्रचण्ड र पत्रकारहरूलाई शंकर पोखरेलको निम्तो– 'जनसभा कस्तो हुन्छ हेर्न बुटवल आउनू'

लुम्बिनी प्रदेशका मुख्यमन्त्री एवं नेकपा ओली समूहका नेता शंकर पोखरेलले जनसभा कस्तो हुन्छ हेर्नका लागि बुटवल आउन प्रचण्डलाई चुनौती दिएका छन् ।

नेकपा प्रचण्ड-नेपाल पक्षले बुधवार राजधानीमा आयोजना गरेको सभामा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'केपीजी देख्नुभयो सभा कस्तो हुन्छ ?' भनेका थिए ।

त्यसको जवाफमा शंकर पोखरेलले फेसबूकमा लेखेका छन्– 'देशभरिको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते बुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरूलाई ।'

ओली पक्षले १ गते बुटवलमा जनसभा गर्दैछ ।

हेर्नुहोस्, स्टाटस :

salt training

कमेन्ट गर्नुहोस्