×

NMB BANK
NIC ASIA

भागरथी हत्या प्रकरण : विद्यार्थी त्रासमा

फागुन ३, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

तडीको दोगडाकेदार गाउँपालिका–७ भाडिपुछडकी चाँदनी भट्ट साथी भागरथीको हत्यापछि धेरै दिन विद्यालय गइनन्।

Muktinath Bank

उनी, भागरथीले पढ्ने सनातन धर्म माविको कक्षा १२ की छात्रा हुन्। भागरथीले व्यवस्थापन विषयकी छात्रा थिइन्। चाँदनीले स्वास्थ्य विषय लिएकी छिन्। ‘अनिवार्य भएकाले अंग्रेजी बाहेकको कक्षामा भेट हुन्थेन, स्कुल लाग्नु र छुट्ने बेला मात्रै भेट हुन्थ्यो’, चाँदनीले भनिन्, ‘त्यो दिन (भागरथीको हत्या भएको दिन) बिहान स्कुलमा हेलोहाय मात्रै भयो।’ एउटै विद्यालयकी छात्रा भागरथीको हत्या भएपछि चाँदनी जस्तै अन्य छात्रा विद्यालय गएका छैनन्। 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो घटनापछि धेरै छात्रा त्रासमा छन्। दोगडा केदार गाउँपालिका–७ इस्लेककी पूजा भट्टले भनिन्, ‘विद्यालयबाट घर आउने बाटोमै त्यस्तो बीभत्स घटना देखियो, अहिले पनि डर लागिरहेको छ।’ उनी पनि सोही विद्यालयको कक्षा १२ की छात्रा हुन्। सनातन धर्म मावि दोगडाकेदार गाउँपालिका–३ खोचलेकमा पर्छ। 


Advertisment
Nabil box
Kumari

सो विद्यालय जान चडेपानी गाउँबाट एक घण्टाभन्दा बढी लाग्छ। चडेपानी ठूलो गाउँ हो। त्यहाँ स–साना बस्ती छन्। पोडाडा, पासिमबाटा, तल्लो र मल्लो बर्तोली, तल्लो र मल्लो कोडा, इस्लेक, कतोला, बगौरा, पौडा, कटौजाडी चडेपानी भित्रका स–साना बस्ती हुन्। यी बस्तीका बालबालिका चडेपानीको भूमिराज माविमा कक्षा १० सम्म पढेर माथिल्लो कक्षाका लागि सनातन धर्म माविमा जाने गर्छन्। 

Vianet communication
Laxmi Bank

चडेपानीका १२ जना सनातन धर्म माविमा अध्ययनरत छन्। तीमध्ये ५ जना छात्रा छन्। ‘घर नजिकै मेलापात गर्ने वनमा यस्तो घटना भएपछि, अझ त्रास भएको छ’, चाँदनीले भनिन्। भागरथीको हत्या भएको स्थान चाँदनीको घरबाट करिब पाँच सय मिटरको दूरीमा छ। त्यो क्षेत्र पूजा र भागरथीले बाख्रा चराउन, घाँसपात काट्ने र दाउरा ल्याउने वन हो। ‘यसअघि यस्तो घटना भएको थिएन। एक्लै पनि विद्यालय जाने र आउने गरिन्थ्यो। तर अहिले एक्लै जान डर लाग्छ’, पूजाले भनिन्, ‘वनमा पनि वस्तुभाउ चराउन गइन्थ्यो, अहिले त्यो घटनाले निकै डर लागेको छ।’ शुक्रबार लोसार र शनिबार सार्वजनिक बिदा भएपछि सनातन मावि आइतबार खुल्यो। चडेपानीका सबै विद्यार्थी पासिमबाटामा भेला भएर मात्रै विद्यालय पुगे। ‘विद्यालय जानुअघि हामी सबै भेला भयौं, अझ दोगडाकेदार गाउँपालिकाका कृषि जेटीए भानदेव भट्टलाई पनि पर्खियौं, अनि समूहमा विद्यालय गयौं र समूहमै घर पनि फर्कियौं’, चाँदनीले भनिन्। 

सनातन धर्म माविबाट पाँच मिनेट हिँडेपछि, खोचलेक बजार आउँछ। खोचलेक बजारको केही तल दोगडाकेदार गाउँपालिकाको केन्द्र पनि छ। बैंक तथा वित्तीय संस्था भएकाले बजारमा चहलपहल हुने गर्छ। त्यसपछि भीरकट्या भन्ने डाँडो भएर सिल्ल गाउँ हुँदै लवलेक वनमा पुगिन्छ। खोचलेक बजारबाट लवलेक वनको दूरी झन्डै एक किलोमिटर छ। करिब दुई किलोमिटरको वन क्षेत्र सकिनेबित्तिकै पासिमबाटा भन्ने गाउँ सुरु हुन्छ। 

पासिमबाटा भन्ने स्थानबाट चार सय मिटरको दूरीमा भागरथीको हत्या भएको हो। सुरुका दिनमा डरत्रासले गर्दा छोराछोरीलाई विद्यालय नपठाइएको चाँदनीका बुवा नवराज भट्टले बताए। आफ्नै गाउँमा कक्षा १० सम्म मात्रै पढाइ हुने भएकाले छोराछोरीलाई टाढाको विद्यालय पठाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ। विद्यालय जान जंगलको बाटो हिँड्नुपर्ने भएकाले धेरै अभिभावकले कक्षा १० पास गएपछि छोरीको बिहे गरिदिन्छन्। चडेपानी गाउँको भूमिराज विद्यालय २०३९ मा कक्षा ३ सम्म मात्रै पठनपाठन हुन्थ्यो। त्यहाँ २०५० मा कक्षा ५ सम्म, २०५१ सालमा निमावि र २०६४ सालदेखि ९ कक्षाको पढाइ हुन थालेको हो। २०७० पछि मात्रै बालिका खोचलेकको विद्यालय जान थालेका हुन्। भूमिराज विद्यालयका शिक्षक महेशशरण भट्टका अनुसार कक्षा ९ र १० को पढाइ दुई जना राहत शिक्षकले धानेका छन्। अन्नपूर्ण पोस्टममा शिवराज भट्टले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

x