राजीनामा दिएको छैन, मेराविरुद्ध अफवाह फैलाइयो – महान्यायाधिवक्ता खरेल

फाइल फोटो

महान्यायाधिवक्ता अग्नि खरेलले राजीनामा नदिएको प्रष्ट पारेका छन् ।

विभिन्न सञ्चारमाध्यमहरूमा खरेलको राजीनामा भन्दै समाचार प्रकाशित भएपछि खरेलले यसलाई आफूविरुद्धको षड्यन्त्र भन्दै प्रतिवाद गरेका छन् ।


Advertisement

लोकान्तरसँग कुरा गर्दै खरेलले भने, 'मैले राजीनामा दिएको छैन । बाहिर फैलिएका अफवाहहरू मेरो विरुद्ध फैल्याएका झुटा कुरा हुन् ।'

मंगलवार बिहानैदेखि खरेलले राजीनामा दिएको भन्दै समाचारहरू आएका थिए ।  


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्