२१ असार २०८३, आइतबार

ट्रम्पले साउदी अरबमा इस्लाममाथि भाषण दिने

कात्तिक २०, २०७४
ट्रम्पले साउदी अरबमा इस्लाममाथि भाषण दिने

काठमाडौं, ७ जेठ — अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतवार साउदी अरबमा भाषण दिँदा इस्लामी अतिवादसँग लड्नुको महत्त्वका बारेमा कुरा गर्ने अपेक्षा गरिएको छ ।


क्षेत्रीय नेताहरूको एक शिखर सम्मेलनमा उनले गर्ने भाषण पहिलो विदेशयात्राको दोस्रो दिन सम्पन्न हुनेछ ।
इस्लामिक स्टेट (आईएस) का लडाकुहरूविरुद्धको लडाईंमा समर्थन जुटाउनका लागि उनले सहकार्यको भाषा बोल्ने अपेक्षा गरिएको छ ।

शनिवार अमेरिकाले साउदी अरबसँग ३५० अर्ब डलरको व्यापारिक सम्झैता गरेको छ ।

त्यसमा अमेरिकी इतिहासकै सबभन्दा ठूलो हतियार सम्झौता पनि पर्छ । विदेशमन्त्री रेक्स टिलरसनका अनुसार यो सम्झौता इरानको ‘कुप्रभाव’ रोक्नका लागि गरिएको हो ।

तर राष्ट्रपतिको भ्रमणलाई घरेलु राजनीतिक समस्याहरूले छायाँमा पारेका छन् । एफबीआईका प्रमुख जेम्स कोमीलाई हटाएपछि जन्मेको तनावका कारण ट्रम्प समस्यामा छन् ।

ट्रम्पलाई मुसलमानबहुल देशका मानिसलाई अमेरिका आउन प्रतिबन्ध लगाउने आदेश लेख्ने व्यक्ति स्टिभन मिलरले नै आजको भाषण लेखेको सीएनएनले रिपोर्ट दियो ।

एसोसिएटेड प्रेस एजेन्सीलाई उक्त भाषणको एक प्रति दुईवटा स्रोतले उपलब्ध गराए । भाषणमा अतिवादलाई असल र खराबबीचको लडाईंका रूपमा हेरिने लक्ष्य लिइएको छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्