×

NMB BANK
NIC ASIA

सस्तो ब्याजदरमा सिद्धार्थ बैंकको 'घर कर्जा', कसले र कसरी लिने ?

फागुन १४, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

घर हरेक मानिसको सपना हो । मानिसले आफ्नो जीवनभरीको कमाइको एक महत्वपुर्ण हिस्सा आफ्नो र आफ्नो परिवारको बासस्थानको लागि खर्च गर्दछन् ।

Muktinath Bank

आजभोलि बैकिङ्ग प्रणालीले गर्दा आम मानिस आफ्नो आवासको सपना देख्दछन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पक्कै पनि हो हरेक मानिस जीवनमा आफ्नै घरमा रमाउन चाहन्छ र आफ्नो परिवारलाई आफ्नै सपनाको घरमा खुशीका साथ राखी थोरै खाएर भएपनि आत्मसन्तुष्टि र आरामदायी निद्राको सपना देख्छ । यो आम नेपालीको चाहना हो ।


Advertisment
Nabil box
Kumari

आजको दिनमा सपनाको घर निर्माणको लागि सहज रुपमा कर्जा सुविधा उपलब्ध हुन थालेको छ । बैकिङ्ग सुविधा शहरबाट अब क्रमश गाउँ गाउँमा पुगेको छ र यसको भरपूर प्रयोग गर्न मानिसहरु इच्छुक रहेका छन् । यस्तै हरेक मानिसको सपनाको घर निर्माणमा सहकार्य गर्न सिद्धार्थ बैंकको घर कर्जा सार्वजनिक भएको छ ।

Vianet communication
Laxmi Bank

बैंकले शहरदेखि गाउँसम्म आफ्नो शाखा विस्तार गरी, बैकिङ्ग सुविधा मार्फत आफ्नो नारा “सम्बन्ध सधैभरिलाई” अझै प्रगाढ गर्दै आएको छ । पछिल्लो समय घरजग्गा किन्नेहरूको संख्या बढ्दै गएको छ । दिनानुदिन यस्ता जग्गाहरूको मूल्य पनि बढ्दै गइरहेको छ ।

घरजग्गाको मूल्य बढ्दै जाँदा धेरैलाई चिन्ताको विषय बन्छ, जग्गा कसरी जोड्ने ? तपाईं पनि घरजग्गा कसरी जोड्ने भन्ने चिन्तामा हुनुहुन्छ भने, अब सहज माध्यम बन्न सक्छ, सिद्धार्थ बैंक । घरजग्गा किन्ने सोचमा रहेका ग्राहकहरूलाई ध्यानमा राख्दै सिद्धार्थ बैंकले ल्याएको छ,‘आकर्षक घर कर्जा’ ।

यस कर्जा अन्तर्गत ग्राहकले जग्गामात्रै हैन, प्लट तथा घडेरी खरिद गर्न, आवासीय जग्गा र भवन खरिद गर्न, अपार्टमेन्ट तथा हाउजिङ खरिद गर्न, घरको निर्माण, पुन संरचना तथा मर्मत गर्न समेत कर्जा लिन सकिनेछ । बैंकले अत्यन्तै सरल प्रकृया तथा सस्तो व्याजदरमा सिद्धार्थ घर कर्जा सार्वजनिक गरेको छ । 

सिद्धार्थ बैंकको घर कर्जा, कसरी र कसले लिने ? 

अधिकतम ३० वर्षसम्मका लागि यस्तो कर्जा सुविधा रहेको बैंकले जनाएको छ । जसमा न्यूनतम ५ लाख देखि अधिकतम ८ करोडसम्म कर्जा लिन सकिनेछ ।

आफ्नो आवश्यकता अनुसार ग्राहकले सहज एवम् सरल तरिकाले कर्जा लिन सक्नेछन् । बैंकले विभिन्न पेसामा आवद्ध कर्मचारी, मजदूर, चिकित्सक, इन्जिनियर, चार्टड एकाउन्टेन्ट जस्ता व्यक्तिहरूलाई मुख्य प्राथमिकताका साथ कर्जा उपलब्ध गराउँदै आएको छ । साथै स्वरोजगार, भाडा आय, परामर्श तथा पेन्सनजस्ता स्थिर आय स्रोत भएका व्यक्ति तथा परिवारहरूले पनि घर कर्जा लिन सक्नेछन् । 

कति छ घर कर्जाको ब्याजदर ? 

समय समयमा परिवर्तन हुने ब्याजदरले आम ग्राहकहरुलाई पर्न जाने झन्झट तथा मानसिक तनावलाई पुर्ण रुपमा निर्मुल पार्दै  कर्जा अवधि भरका लागि अहिले नै स्थिर ब्याजदर तोकिदिएको छ । जसले गर्दा ग्राहकले शुरुवात देखि नै सरल एवम् सहज ढंगले किस्ता भुक्तानी गर्न सक्नेछन् ।

यसमा बैंकले पछि ब्याजदर बढाउँछ कि भन्ने चिन्ताबाट ग्राहकहरुलाई मुक्त गरेको छ ।  आकर्षक ब्याजदरमा घर कर्जा लिन सकिने हुनाले ग्राहकहरूले आफ्नो आवश्यकता अनुसार कर्जा सहजै लिन सक्नेछन् भने ब्याजदर परिवर्तन भइरहने तनाव पनि लिनुपर्ने छैन । ग्राहकहरूका लागि बैंकले दिएको यो निकै नै लाभदायी सुविधा हो । 

व्याजदर कसरी लागु भएको छ त ?

मंसिर महिना देखि बैंकले विभिन्न समय अवधिका लागि लिइने ऋणमा छुट्टाछुट्टै ब्याजदर कायम गरेको छ । जस्तो कि बैंकले १ करोड ५० लाख रुपैयाँसम्म ऋण लिँदा ५ वर्षसम्मका लागि ८.४९ प्रतिशत ब्याजदरमा कर्जा दिने छ ।

यस्तै ५ वर्ष देखि १० वर्ष सम्मका लागि ९.७५ प्रतिशत र १० वर्षमाथिका लागि लिने ऋणमा ९.९९ प्रतिशत सम्म ब्याजदर कायम गरेको छ । यसको साथसाथै बैंकले १ करोड ५० लाखभन्दा माथिका लागि ५ वर्षसम्म ८.४९ प्रतिशत, ५ वर्षदेखि १० वर्षसम्मका लागि ९.९९ प्रतिशत र १० वर्ष माथिका लागि १०.४९ प्रतिशत ब्याजदर कायम गरेको छ ।

हाल बैंकको पुस मसान्तको आधार दर ७.३८ प्रतिशत रहेको छ । बैंकले परिवर्तनशील ब्याजदरको हकमा भने आधारदर (बेस रेट) मा शून्य देखि ५ प्रतिशत सम्मको प्रिमियम तोकेको छ । घर कर्जाको लागि लाग्ने प्रशासनिक शुल्क कर्जा रकमको ०.७५ प्रतिशत लाग्नेछ । बैंकको स्थिर ब्याजदरको तालिका तल उल्लेख भए बमोजिम रहेको छ । 

बैंकले ग्राहकको सहजताका लागि धितोको निश्चित प्रतिशत कर्जा रकम प्राप्त गर्न सकिने व्यवस्था गरेको छ । यस अनुसार सामान्य व्यक्तिगत आवासीय घर कर्जाको हकमा धितोको प्रचलित बजार मूल्यको (Fair Market Value)​ ६० प्रतिशत सम्म ऋण पाइनेछ । यसको समेत अलग अलग तरिकाले धितोको निश्चित प्रतिशत कर्जा रकम प्राप्त गर्न सकिने छ । जस्तो कि :

पहिलो पटक घर खरिद वा निर्माण गर्नका लागि कर्जाको हकमा, धितोको प्रचलित बजार मूल्यको (Fair Market Value) ७० प्रतिशतसम्म ऋण पाइनेछ । 

उदाहरणका लागि तपाईंले पहिलो पटक १ करोड रुपैयाँ पर्ने घर खरिद वा निर्माण गर्न खोज्नु भएको छ । यस्तो अवस्थामा सिद्धार्थ बैंकको घरकर्जा लिने हो भने सो १ करोडको ७० प्रतिशत अर्थात ७० लाख रुपैयाँसम्म बैंकले प्रदान गर्ने छ । बाँकी ३० लाख रुपैयाँ तपाईंले आफ्नो तर्फबाट लगानी गर्नु पर्नेछ । 

ऋण भुक्तानी आम्दानी अनूपातको अधिकतम सीमा (Debt Service to Gross Income Ratio)

घरकर्जाको न्युनतम शर्त बमोजिम बैंकले आम्दानी अनुसार घरकर्जा लिने ग्राहकहरुको हकमा केही सिमा निर्धारण गरेको छ ।

उदाहरणका लागि यदि तपाईं सामान्य व्यक्तिगत आवासीय घर कर्जा लिँदै हुनुहुन्छ भने तपाईको मासिक किस्ता आम्दानीको बढीमा ५० प्रतिशत हुन सक्नेछ । यसैगरी पहिलो पटक घर खरिद कर्जा लिँदै हुनुहुन्छ भने मासिक किस्ता आम्दानीको अधिकतम ६० प्रतिशत सम्म गर्न सकिने छ । 


कर्जा भुक्तानी सुविधा  र  अग्रिम भुक्तानीको व्यवस्था

घरकर्जाको भुक्तानी सुविधामा समेत अलग अलग व्यवस्था रहेको छ । यो आम ग्राहकहरुको सहज र सरलताको लागि बिशेष सुविधाको रुपमा बैंकले दिएको अवसर हो ।

बैंकले ग्राहकको सहजताका लागि विभिन्न किसिमको भुक्तानी सुविधा दिएको छ । ग्राहकले आफू अनुकुल हुने गरी मासिक किस्ताबन्दी भुक्तानीमा किस्ता भुक्तानी गर्न सक्नेछन् । यसका अलावा, Ballooning​ भुक्तानी सुविधा र Reverse Ballooning भुक्तानी सुविधा, Variable भुक्तानी सुविधा तथा Equal Principal भुक्तानी सुविधा अन्तर्गत रहेर पनि किस्ता भुक्तानी गर्न सकिनेछ । यस अन्र्तगत ग्राहकको आम्दानीको श्रोत अनुसार मासिक किस्ता रकम फरक  फरक  हुने गरी कायम गरिनेछ ।

ग्राहकले इच्छा अनुसार चाहेको समयमा अग्रिम भुक्तानी गर्न सक्नेछन् भने रु ५० लाखसम्म ऋण अग्रिम भुक्तानी गर्दा कुनै शुल्क लाग्ने छैन । सोभन्दा माथि रकम भुक्तानीमा नेपाल राष्ट्र बैंकले तोके बमोजिमको शुल्क लाग्ने छ ।

ऋणीको योग्यता ? 

कुनैपनि बैक तथा वित्तीय संस्थाबाट कर्जा लिनका लागि अवश्य पनि ऋणीको योग्यता अत्यन्त महत्वपुर्ण आधार हो ।

सिद्धार्थ बैंकको घर कर्जा लिन इच्छुक व्यक्ति अर्थात निवेदकको सो योग्यताको मापदण्ड पुरा भएको हुनुपर्दछ । 

बैंकबाट कर्जा लिने समयमा कर्जावालाको उमेर कम्तीमा १८ वर्ष पुरा भएको हुनुपर्दछ र कर्जा भुक्तानी  हुने समयसम्ममा बढीमा ८० वर्ष उमेर नकट्ने हुनुपर्दछ र अनिवार्य रुपमा नेपाली नागरिकले मात्र यो कर्जा पाउने छन् ।

यसका साथसाथै कर्जा लिनका लागि नियम र सर्त अनुसार साँवा र ब्याज तिर्न नियमित आय स्रोत हुनुपर्ने र प्रदान गरिएको धितोमा एकलौटी हक भएको र कानुनी विवाद नभएको हुनुपर्ने छ । 

माथि उल्लेख गरिए बमोजिमको सम्पुर्ण प्रकृयाहरू बुझिसकेपछि तपाई सिद्धार्थ घर कर्जा लिन योग्य हुनुहुन्छ र घर कर्जा लिनका लागि अन्य आवश्यक कागजातहरू बैंकमा पेश गर्नुपर्ने हुन्छ । 

यस सुविधाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको सिद्धार्थ बैंकको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१–५९७००२० मा सम्पर्क गर्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १०, २०८०

कुमारी बैंक लिमिटेडले ‘परिवार सुरक्षा बचत खाता योजना’ अन्तर्गत ८ करोड रुपैयाँ बराबरकोे बीमा रकम भुक्तानी गरेको छ । बैंकले हालसम्म ४ हजार ५ सय ग्राहकहरूलाई उक्त रकम प्रदान गरेका हो ।​ बैंकले ...

कात्तिक २, २०८०

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)ले देशको विभिन्न क्षेत्रहरूमा रहेका ११ वटा यातायात व्यवस्था कार्यालयहरूबाट क्यूआर कोडमार्फत विभिन्न शीर्षकमा राजश्व संकलनको व्यवस्था मिलाएको छ । यो सुविधाले गर्दा ...

कात्तिक २४, २०८०

एनएमबि बैंकले तिहारको अवसरमा क्याशब्याक  अफर सार्वजनिक गरेको छ ।​ बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरूको लागि तुरुन्तै २०० रुपैयाँ क्याशब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको हो । ति...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

कात्तिक २५, २०८०

​कृषि विकास बैंक लिमिटेडले भूकम्प पीडितका लागि ५० लाख सहयोग गरेको छ । जाजरकोट भूकम्पबाट प्रभावितहरूको खोज, उद्धार तथा राहतका लागि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ५० लाख रुपैयाँ सहयोग गरिएको बैंकले जन...

कात्तिक ६, २०८०

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ सेवालाई प्रवर्द्धन गर्न आफ्ना ग्राहकहरूलाई ग्लोबल स्मार्ट प्लसमार्फत् हुने कारोबारमा क्यासब्याक दिने योजना सार्वजनिक गरेको छ । बैंकको ग्लोबल स्मार्ट प्लस ए्याप प्रयोगकर्ताहरूले विजया ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x