२२ असार २०८३, सोमबार

पोखरा महानगरको मतगणना अझै सुरु हुन सकेन, सर्वदलिय वार्ता विफल

कात्तिक २०, २०७४
पोखरा महानगरको मतगणना अझै सुरु हुन सकेन, सर्वदलिय वार्ता विफल

पोखरा, ७ जेठ – विवादका बीच पोखरा लेखनाथ महानगरपालिकाको मतगणना अनिश्चित भएको छ । शनिबारदेखि स्थगित मतगणना सञ्चालन गर्न सर्वदलीय बैठक बसे पनि सहमति हुन सकेको छैन ।

मुख्य निर्वाचन अधिकृत नगेन्द्रलाल कर्णले दलसँगको छलफल सहमतिमा नपुगेका कारण स्वस्तिक छापको प्रयोग सम्बन्धमा केन्द्रीय निर्वाचन आयोगमा पत्राचार गर्न लागिएको बताए । उनका अनुसार आयोगको निर्देशनानुसार अन्य काम अघि बढ्ने छ ।

क्षेत्रीय निर्वाचन कार्यालय पोखराको संयोजनमा बिहानदेखि बसेको सर्वदलीय बैठकमा कुनै पनि सहमति नभएपछि स्वस्तिक छाप प्रयोगका सम्बन्धमा आयोगको आधिकारिक धारणा आएपछि मात्र मतगणना सञ्चालन हुने÷नहुने टुङ्गो लाग्ने भएको छ । शनिबार मतगणनाका क्रममा मतपत्रमा दुई आकारका स्वस्तिक चिह्न पाएपछि विवाद भएको नेपाली काँग्रेस कास्कीका सचिव सुदीपमोहन भट्टराईले जानकारी दिए । वडा नं १७ को मतगणनाका क्रममा फरक स्वस्तिक चिह्नको प्रयोग गरिएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्