२२ असार २०८३, सोमबार

ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

फागुन १७, २०७७
ट्याक्टरको ठक्करबाट बालिकाको मृत्यु

धादिङको ज्वालामुखी गाउँपालिका–३  अमराईमा आज भएको दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ ।

ग १ त १०४१ नम्बरको खाली ट्याक्टरले ठक्कर दिँदा विष्णु अधिकारीको  ११ वर्षीया छोरी विवेस्ना अधिकारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। ठक्करबाट गम्भीर घाइते भएका अधिकारीको धादिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्