सुनील शेट्टीका छोरा अहानको डेब्यु फिल्मको पहिलो पोस्टर जारी

बलिउड अभिनेता सुनील शेट्टीका छोरा अहान शेट्टीको डेब्यु फिल्म तडपको पहिलो पोस्टर सार्वजनिक गरिएको छ । 

फिल्ममा अहानका साथ तारा सुतारिया पनि देखिनेछिन् । 


Advertisement

यो तेलुगूको सुपरहिट फिल्म आरएक्स१०० को हिन्दी रिमेक हो । 

फिल्म २४ सेप्टेम्बरमा रिलीज हुँदैछ । 


Advertisement

ताराले पोस्टर शेयर गर्दै लेखिन्, ‘अनेकौं भाव भएको एक प्रेम कहानी । यस जादूलाई साजिद नाडियाडवालाको तडप यान इन्क्रेडिबल लभ स्टोरीमा अनुभव गर्नुहोस् ।’
 

अहानले पनि पोस्टर शेयर गर्दै निर्माता साजिद र निर्देशक मिलन लुथरियाप्रति आभार प्रकट गरेका छन् । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्