२२ असार २०८३, सोमबार

देशभर थपिए ७८ कोरोना संक्रमित, थप मृत्यु शून्य

फागुन १८, २०७७
देशभर थपिए ७८ कोरोना संक्रमित, थप मृत्यु शून्य

पछिल्लो २४ घण्टामा देशभर ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरण अनुसार कूल संक्रमितको संख्या २ लाख ७४ हजार २९४ पुगेको छ । 

कूल संक्रमितमध्ये २ लाख ७० हजार ५४३ जना निको भइसकेका छन् । पछिल्लो २४ घण्टामा ७२ जना निको भएका मन्त्रालयले जनाएको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ९७४ रहेको मन्त्रालयले जनाएको छ ।

मंगलवार अपराह्नसम्म कोरोनाले थप कसैको पनि मृत्यु भएन । हालसम्म कोरोनाले मृत्यु हुनेको संख्या २ हजार ७७७ रहेको मन्त्रालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्