रुखमा भुण्डिएको अवस्थामा पुरुषको शव फेला

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा बुधवार बिहानै १ पुरुषको शव फेला परेको छ ।

बिहानै हेटौंडा–१६ हटियास्थित बकाइनोको रुखमा झुण्डिएको अस्वथामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


Advertisement

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अमर गजमेरका अनुसार उक्त शव स्थानीयवासी ५० वर्षीय रामकृष्ण बलामीको रहेको बुझिएको छ । हाल घटनास्थलमा इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक देवराज काफ्लेको टोली रहेको जनाइएको छ ।

मृतकको शव परीक्षणका लागि हेटौंडा अस्पताल ल्याइने तयारी हुनुका साथै उक्त घटनाका विषयमा थप अनुसन्धान गरिरहेको मकवानपुर प्रहरीले जनाएको छ । 
 

कमेन्ट गर्नुहोस्