२१ असार २०८३, आइतबार

एमाले तत्काल सरकार परिवर्तनको विपक्षमा

कात्तिक २०, २०७४
एमाले तत्काल सरकार परिवर्तनको विपक्षमा
काठमाडौँ, ९ जेठ - प्रमुख प्रतिपक्षी दल एमाले तत्काल सरकारको नेतृत्व परिवर्तनको विपक्षमा उभिएको छ । तत्काल नेतृत्व परिवर्तन निर्वाचन आचारसंहिताविपरीत हुने भन्दै एमाले विपक्षमा उभिएको हो, नयाँ पत्रिकामा खबर छ ।uml

सरकार परिवर्तनको खेलले ३१ जेठका लागि तोकिएको दोस्रो तहको निर्वाचनको मिति अनिश्चित बन्न सक्ने एमालेको ठहर छ ।
‘निर्वाचन आचारसंहिता लागू भइरहेको अहिलेको अवस्थामा खरदार, सुब्बा तहका कर्मचारीको सरुवा र नियुक्ति त हुन नसक्ने हुन्छ । यस्तो अवस्थामा सरकार परिवर्तनका कुराले तोकिएको दोस्रो चरणको निर्वाचन समयमै हुन्न कि भन्ने हामीलाई गम्भीर चिन्ता छ,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने ।

कमेन्ट गर्नुहोस्