०३ असार २०८३, बुधबार

केहीको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि भयो भन्न नसकिनेः अध्यक्ष प्रचण्ड

फागुन २९, २०७७
केहीको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि भयो भन्न नसकिनेः अध्यक्ष प्रचण्ड

नेपालले कस्तो विकासको ढाँचा अपनाउने र त्यसलाई कसरी लागू गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिने उद्देश्यसहित लेखक प्रकाश विकल्पको ‘समृद्धिको रोडम्याप’ नामक पुस्तक सार्वजनिक भएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आज एक समारोहका बीचमा उक्त पुस्तक सार्वजनिक गरे । सो अवसरमा अध्यक्ष दाहालले गतिशिल र सिर्जनशील लेखकको रुपमा परिचित प्रकाशको दुवै पुस्कृत आफैँले सार्वजनिक गर्न पाएकामा खुसी व्यक्त गर्दै आर्थिक समृद्धि र विकासका लागि एउटा महत्वपूर्ण सन्दर्भ सामग्री भएको बताए । उनले केही मानिसको आर्थिक उत्थान हुँदैमा आर्थिक समृद्धि र विकास भयो भन्न नसकिने र त्यसले आमजनतालाई केही फरक नपार्ने स्पष्ट पारे ।

विकास र समृद्धिका लागि युवामा  हुटहुटी जरुरी रहेको भन्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले केही नयाँ गरौँ, केही राम्रो गरौँ, देश बनाऔँ भन्ने ध्येय राख्नुपर्नेमा जोड दिए ।

लेखक एवं विश्लेषक युग पाठक तथा राष्ट्रिय मानव अधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले पुस्तकमाथि टिप्पणी गरेका थिए । लेखक प्रकाशले  मानिसमा चेतना विकास हुँदै जाँदा त्यसले निकास खोज्ने र सोही कारणबाट आफू लेखक बन्न पुगेको बताए ।

उनले पुस्तकमा मानवजातिको हितमा कसरी जान सकिन्छ भन्ने विषयलाई महत्वका साथ उठाएको भन्दै आगामी पाँच सय वर्षपछि मानव जातिको अवस्था कस्तो हुन्छ भन्ने बारेमा केही अनुमान गर्न खोजेको दाबी गरे ।

salt training

कमेन्ट गर्नुहोस्