२६ असार २०८३, शुक्रबार

नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

फागुन २९, २०७७
नेपाल पाकिस्तान फ्रेन्डसिप क्रिकेटको उपाधि ग्रेट हिमालयलाई

एन्जल्स हार्ट एकेडेमीलाई पराजित गर्दै ग्रेट हिमालय क्रिकेट एकेडेमीले नेपाल पाकिस्तान फ्रेन्डसिप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । 

धुम्बाराहीस्थित पाकिस्तानी दूतावासको क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा एन्जल्स हार्ट एकेडेमीलाई एक सय सात रनले हराएर ग्रेट हिमालयले उपाधि जितेको हो । टस हारेर ब्याटिङको निम्तो पाएका ग्रेट हिमालयनले २० ओभरमा दुई सय २० रन बनायो । 
दुई सय २१ रनको विजय लक्ष्य पछ्याएको एन्जल्सले १७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै एक सय १३ रन मात्र बनाउन सक्यो । 

salt training

कमेन्ट गर्नुहोस्