२० असार २०८३, शनिबार

कजाकास्तानमा विमान दुर्घटना, चारजनाको मृत्यु (भिडियो)

चैत १, २०७७
कजाकास्तानमा विमान दुर्घटना, चारजनाको मृत्यु (भिडियो)

कजाकास्तानमा शनिवार सैन्य विमान एन–२६ दुर्घटनाग्रस्त भएको छ । 

राजधानी नूरसुल्तानबाट उडेको विमान अल्माटीमा अवतरण गर्ने बेलामा दुर्घटनामा परेको हो । घटनामा चारजनाको ज्यान गएको छ । 

विमानमा कुल ६ जना थिए । 

दुर्घटनाग्रस्त विमान आगोको मुश्लोमा परिणत भएको थियो । 

घाइते भएका दुईजनालाई नजिकैको अस्पतालमा भर्ना गरिएको छ । 

विमान कजाकास्तानको राष्ट्रिय सुरक्षा समितिको भएको बताइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्