२६ असार २०८३, शुक्रबार

ओली–नेपाल भेटवार्ता धुम्बाराहीमा जारी

ओली–नेपाल भेटवार्ता धुम्बाराहीमा जारी

सर्वोच्च अदालतले नेकपा एमाले ब्युँताइदिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता माधव कुमार नेपालबीच पहिलोपटक भेटवार्ता भइरहेको छ ।

पार्टी मुख्यालय धुम्बाराहीमा जारी भेटवार्तामा दुवै पक्षबाट दोस्रो तहका नेताहरू समेत सहभागी छन् ।

ओली पक्षबाट प्रधानमन्त्री ओलीका अलावा महासचिव ईश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुवास नेम्वाङ लगायत नेता सहभागी छन् भने नेपाल पक्षबाट नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त लगायतको सहभागिता छ ।

भेटवार्तामा वरिष्ठ नेता झलनाथ खनाल भने देखिएका छैनन् ।

सर्वोच्चले नेकपा खारेज गर्दै एमाले ब्युँताइदिएपछि ओली र नेपालबीच भेटवार्ता हुन सकेको थिएन ।

ओलीले निर्वाचित कमिटीहरू भंग गर्दै महाधिवेशनको मिति समेत तोकेपछि दुई पक्षबीच तिक्तता निकै बढेको थियो ।

तिक्तताबीच भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्