३१ असार २०८३, बुधबार

धूलोको आँधी चलेपछि बेइजिङ पहेंलपुर

चैत २, २०७७
धूलोको आँधी चलेपछि बेइजिङ पहेंलपुर

चीनको इन्नर मंगोलिया र उत्तरपश्चिमी चीनका अन्य भागबाट व्यापक आँधीबेहरी आएपछि सोमवार बेइजिङ धूलोले छेकिएको छ । त्यसले गर्दा प्रदूषणको स्तर ह्वात्तै बढेको छ । 

चाइना मिटियोरोलोजिकल एडमिनिस्ट्रेसनले सोमवार बिहान येल्लो अलर्ट घोषणा गरेको छ । धुलाम्मे आँधी इन्नर मंगोलियाबाट आएर गान्सु, शान्सी र खबे प्रान्तमा फैलिएको थियो । 

बेइजिङ निवासीहरूले धुलाम्मे हावाबाट बच्नका लागि कालो चश्मा (गगल), मास्क र हेयर नेट उपयोग गरेका थिए । शहर पहेंलपुर भएको थियो । 

स्थानीय सरकारले सबै विद्यालयलाई बाहिरी भागमा खेलिने खेलकुद रद्द गर्न भनेको छ र श्वासप्रश्वासमा समस्या भएकाहरूलाई घरैमा बस्न भनेको छ । 

बेइजिङको आधिकारिक वायु गुणस्तर सूचकांक सोमवार बिहान ५०० पुगेको थियो । भिजिबिलटी पनि ३०० देखि ८०० मिटरमा सीमित भएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्