१० असार २०८३, बुधबार

जसपाको पदाधिकारी बैठक बालकुमारीमा जारी

जसपाको पदाधिकारी बैठक बालकुमारीमा जारी

जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी बैठक पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बसिरहेको छ ।

भावी सत्ता समीकरणका बारेमा छलफल गर्न संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई, केन्द्रीय कार्यकारिणी अध्यक्ष महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताद्वय अशोक राई र राजेन्द्र महतो छलफलमा जुटेका हुन् ।

जसपामा प्रधानमन्त्री ओलीलाई नै समर्थन गर्ने अथवा ओलीइतरको समीकरणमा सहभागी हुने विषयलाई लिएर देखिएको मतान्तर पछिल्लो समयसम्म कायमै छ ।

यही मतान्तरलाई हल गर्न जसपाका नेताहरू घनिभूत छलफलमा व्यस्त देखिएका छन् ।

अध्यक्षद्वय भट्टराई र यादव छुट्टै समीकरण बनाएर अघि बढ्नेतिर केन्द्रित छन् भने ठाकुर र अन्य नेताहरू ओलीसँग समझदारी गरेर मधेशका मागहरू पूरा गराउने ध्याउन्नमा देखिन्छन् ।

salt training

कमेन्ट गर्नुहोस्