३१ असार २०८३, बुधबार

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

भुवनलाई सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि

भुवन नगरकोटीले सूर्य नेपाल गल्फ टुर अन्तर्गत सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपन गल्फ प्रतियोगिताको उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा बिहीबार एमेच्योर गल्फर सुबास तामाङलाई पछि पार्दै भुवन च्याम्पियन बनेका हुन् ।

उपाधि जित्ने क्रममा भुवनले कुल ७ अन्डर २ सय ८१ स्कोर बनाए । दोस्रो भएका दक्षिण एसियाली खेलकुदमा स्वर्ण विजेता सुबासले ६ अन्डर २ सय ८२ स्कोर बनाए ।

उपाधिसँगै भुवनले १ लाख ३० हजार नगद पुरस्कार प्राप्त गरे । एमेच्योर खेलाडी भएकोले सुबासले ट्रफी प्राप्त गरे ।

शुक्र बहादुर राईले २ अन्डर २ सय ८६ स्कोर जोड्दै तेस्रो स्थान हात पारे । प्रोफेसनलमा दोस्रो भएका उनले ८४ हजार प्राप्त गरे ।

चौंथो स्थान तथा प्रोफेसनलमा तेस्रो भएका सन्जय लामाले ६० हजार पाए । प्रोफेसनलतर्फ चौंथो भएका रबि खड्काले ५० हजार पाउँदा पाँचौ भएका राजेन्द्र श्रेष्ठ प्रधान र दिपक मगरले समान ३९ हजार ७ सय ५० प्राप्त गरे ।

salt training

कमेन्ट गर्नुहोस्