०८ असार २०८३, सोमबार

बहुमतमा छु, राजीनामा दिन्नँ : मुख्यमन्त्री शाही

चैत ६, २०७७
बहुमतमा छु, राजीनामा दिन्नँ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश प्रमुख कार्यालयले बिहीबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता गरेको जानकारी गराएको छ । एमाले संसदीय दलका नेता यामलाल कँडेलसहित १० जना उपस्थित बैठकले बुधबार मुख्यमन्त्री शाहीलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेपछि उक्त जानकारी गराइएको हो। मुख्यमन्त्री शाहीले आप्mनो पक्षमा स्पष्ट बहुमत (२२ सांसद) कायमै रहेकाले राजीनामा नदिने बताएका छन् । एमालेको माधव नेपाल समूहका ९ जना र माओवादी केन्द्रका १३ जना सांसद (एक जना एमालेमा गएका) सरकारको समर्थनमा रहेका उनको भनाइ छ । कान्तिपुरमा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्