
प्रहरीले घटना भएको सात घण्टा नबित्दै एकजना हत्या आरोपीलाई पक्राउ गरेको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले सुनकोशीका २१ वर्षीय दिनेश थापालाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, आइतबार बिहान ३ बजे ढुङ्गाले हानेर कलंकी थापा गाउँमा एक व्यक्तिको हत्या भएको हो ।
सडकपेटीमा बस्ने उनलाई बिहानै सुतिरहेको अवस्थामा थापाले ढुङ्गाले हाने प्रहरीले बताएको छ ।
गम्भिर घाइते उनलाई उपचारका लागि सहिद अस्पताल कलंकी लगिएको थियो । चिकित्सकहरुले तीन बजेर ३५ मिनेटमा उनलाई मृत्त घोषणा गरेका थिए ।
घटना लगत्तै महानगरीय प्रहरी वृत्त कालिमाटी सहित परिसर काठमाडौं र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले होचो शरिर र क्याप लगाएको ब्यक्ति घटनामा संलग्न रहेको खुलेको थियो ।