२४ जेठ २०८३, आइतबार

उचित मूल्य पाएमा रोनाल्डोलाई बेच्ने सोचमा युभेन्टस

चैत ११, २०७७
उचित मूल्य पाएमा रोनाल्डोलाई बेच्ने सोचमा युभेन्टस

क्रिस्टियानो रोनाल्डोलाई किन्नका लागि कुनै क्लबले उचित मूल्य दिएमा यस सीजनको अन्त्यपछि बेच्ने सोच युभेन्टसले बनाएको छ । 

रोनाल्डोका लागि युभेन्टसले न्यूनतम २ करोड ५० लाख युरो रकम निर्धारण गरेको छ । 
 

स्पेनी पत्रिका एएसले यो दाबी गरेको हो र यसले केहीलाई आश्चर्यमा पारेको छ किनकि युभेन्टसका प्रमुख अधिकारी फाबियो पारातिचीले उनलाई क्लबबाट जान नदिने बताएका थिए । 

तर युभेन्टस पोर्टोसँग च्याम्पियन्स लीगमा हारेको र सिरी ए पनि जित्न लगभग असम्भव रहेको अवस्थामा रोनाल्डोले क्लब छोड्न मन गरेको बताइएको छ । 

मार्च महिनाको आरम्भतिर रोनाल्डोले पुरानो क्लब रियाल मड्रिडमा फर्किनका लागि कुराकानी गरिरहेको खबर आएको थियो । 
 

युभेन्टस गएपछि पहिलो दुई सीजनमा रोनाल्डोले घरेलु उपाधि जितेको भए पनि च्याम्पियन्स लीग जित्न सकेका थिएनन् । उनलाई युभेन्टसले सन् २०१८ मा १० करोडभन्दा बढी युरोमा किनेको नै च्याम्यिन्स लीग जिताउँछन् कि भनेर हो । 
 

salt training

कमेन्ट गर्नुहोस्