२२ असार २०८३, सोमबार

केरलका मानिस शिक्षित भएकाले हाल्दैनन् भाजापालाई भोट : भाजपा नेता

चैत १२, २०७७
केरलका मानिस शिक्षित भएकाले हाल्दैनन् भाजापालाई भोट : भाजपा नेता

भारतको केरल राज्यको विधानसभा निर्वाचन आउनै लागेको बेलामा भारतीय जनता पार्टीका एक नेताले विवादास्पद बयान दिएका छन् । 

केरल भाजपाका वरिष्ठ नेता तथा पार्टीका तर्फबाट एक मात्र विधायक ओ राजगोपालले राज्यमा साक्षरता दर अत्यधिक भएकाले भाजपा अघि बढ्न नसकेको बताए । उनका अनुसार, केरलाका मानिस मतदान गर्नुअघि सोच्छन् र तर्क गर्छन् ।

केरल विधानसभामा १४० विधायक छन् । अप्रिल ६ मा एक चरणको मतदान हुँदैछ । 

राज्यमा अहिले वामपन्थी दलहरूको नेतृत्वको एलडीएफ सत्तामा छ । कांग्रेस नेतृत्वको यूडीएफ प्रमुख विपक्षी गठबन्धन हो । 

यी दुई खेमा हावी रहेको अवस्थामा भाजपा आफ्नो भूमिका बढाउन प्रयास गरिरहेको छ । तर राजगोपालको बयानले भाजपालाई अप्ठ्यारो पर्न सक्छ । 

अनि राज्यमा ५५ प्रतिशत हिन्दू र ४५ प्रतिशत अल्पसंख्यक रहेको त्यसैले सत्ताको जोडघटाउमा अल्पसंख्यकहरूको दबदबा रहने उनको भनाइ छ । केरलको तुलना अन्य राज्यसँग गर्न नमिल्ने उनले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्