२६ जेठ २०८३, मंगलबार

फेरि धूलोले ढाकियो बेइजिङ

चैत १५, २०७७
फेरि धूलोले ढाकियो बेइजिङ

चीनको राजधानी बेइजिङ १३ दिनमा दोस्रोपटक धूलोले ढाकिएको छ । 
 

मंगोलियाबाट आएको धूलेआँधीका कारण बेइजिङ धुलाम्मे बनेको हो । तर अघिल्लो पालाको भन्दा कम धूलो छाएको छ किनकि इन्नर मंगोलियाका शेल्टरबेल्टहरूले धूलोलाई थोरबहुत छेकेका थिए । 

एकदमै कम भिजिबिलिटी भएकाले बेइजिङका सडकमा कमै मात्र पैदलयात्री र वाहन देखिए । एयर क्वालिटी इन्डेक्समा प्रदूषणको भयावह स्तर देखियो र शहरको भिजिबिलिटी एक किलोमिटरभन्दा कममा झर्‍यो । 
 

मंगोलिया तथा उत्तरपश्चिम चीनमा लगातार सुक्खा मौसमका कारण माटो खुकुलो हुने गरेकाले बेइजिङ तथा चीनका अन्य भागमा धूलेआँधी आएको विश्लेषकहरूको कथन छ । 
 

धूलेआँधीका कारण पीएम इन्डेक्स १० हजार माइक्रोग्राम प्रति क्युबिक मिटर पुगेको थियो जुन भयावह प्रदूषण स्तर हो । 
 

धूलेआँधी बिहानदेखि रातिसम्म लगभग १२ घन्टा रहने बताइएको छ । गत मार्च १५ मा पनि यस्तै अवधिभर धूलो छाएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्