अमेरिकी राष्ट्रपति जो बाइडनको कुकुरले ह्वाइट हाउसमा मच्चायो आतंक

अमेरिकी राष्ट्रपति जो बाइडन कुकुर पाल्न सौखिन छन् । तर उनले पालेको कुकुरले अमेरिकी मुख्यालय ह्वाइट हाउसमा आतंक मच्चाएको छ ।

बाइडनले पालेको कुुकुर ‘मेजर’ले हालसम्म २ जनालाई टोकिसकेको छ । यी दुवै घटना बाइडनले राष्ट्रपतिको कार्यभार सम्हालेपछिका हुन् ।


Advertisement

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेसनल पार्क सर्भिसका कर्मचारीलाई कुकुर मेजरले टोकेको हो । बाइडनको कुकुरले टोकेपछि ती कर्मचारीलाई तुरुन्तै उपचारका लागि अस्पताल लगिएको थियो ।

ती कर्मचारीको स्वास्थ्य अवस्था स्थिर रहेको जनाइएको छ । घटनाबारे बाइडन पत्नी जिल बाइडनका प्रेस सचिव मिसेल ल रोसाले जानकारी दिए । कुकुर मेजरले वाकका लागि बाहिर निस्किएको बेला कर्मचारीलाई टोकेको हो ।

स्मरणरहोस्, बाइडनको कुकुरले पहिलोपल्ट टोकेको होइन, यसअघि समेत कुकुरले सुरक्षा अधिकारीलाई टोकेको थियो ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्