२४ असार २०८३, बुधबार

आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना

आजको मौसमः यी स्थानमा वर्षाको सम्भावना

हाल देशमा स्थानीय र पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  
महाशाखाका अनुसार सोमबार दिउँसो देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।

यस्तै सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र बागमती प्रदेशका एक दुई स्थानमा मेघगर्जन तथा चट्टयाङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।

राती पनि पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ।  

सुदुरपश्चिम प्रदेशका पहाडी भूभागका  एक दुई स्थानमा  वर्षाको सम्भावना रहेको पनि महाशाखाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्