कात्तिक १७, २०८०
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
नेपालमा पछिल्लो ५ वर्षको अवधिमा गैंडाको संख्यामा वृद्धि भएको छ ।
पछिल्लो ५ वर्षमा नेपालमा १०७ गैंडा बढेको तथ्यांकले देखाएको छ ।
राष्ट्रिय गैंडा गणना २०७७ को नतिजा सार्वजनिक गर्दै वन मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले नेपालमा गैंडाको संख्या ७५२ पुगेको जानकारी दिए ।
यसअघि सन् २०१५ मा भएको गणनाअनुसार नेपालमा ६४५ गैंडा थिए ।
शुक्रवार सकिएको गणनाअनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्जमा ६९४ वटा गैंडा भेटिएका छन् । यो संख्या सन् २०१५ मा ६०५ मात्रै थियो ।
पर्सा राष्ट्रिय निकुञ्जबाहेक अन्य ३ राष्ट्रिय निकुञ्जमा गैंडाको संख्यामा वृद्धि भएको ओलीले बताए । ओलीका अनुसार चितवनपछि सबैभन्दा बढी बर्दिया राष्ट्रिय निकुञ्जमा ३८ गैंडा भेटिएका छन् ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १७ गैंडा भेटिएका ओलीले बताए । पर्सा राष्ट्रिय निकुञ्जमा भने ३ मात्रै गैंडा फेला परेको ओलीले बताए । अघिल्लो गणनामा पर्सामा ४ वटा गैंडा पाइएका थिए ।
राष्ट्रिय गैंडा गणनाअनुसार नेपालमा १४६ भाले र १९८ पोथी भेटिएको उल्लेख गर्दै बाँकी ४०८ गैंडाको लिङ्ग पहिचान हुन सकेको छैन ।
५२० वयस्क गैंडा भेटिँदा ९६ अर्धवयस्क र १३६ बच्चा गैंडा भेटिएका ओलीले जानकारी दिए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. दीपक खरालले चैत ९ गतेदेखि शुरू गरिएको गणना चैत २७ गते राति मात्रै सकिएको बताए ।
गणना सकिएपछि शुक्रवार र शनिवार तथ्यांक संकलन तथा प्रविष्ट गर्ने काम भएको उनको भनाइ छ ।
चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, बर्दिया राष्ट्रिय निकुञ्ज र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरी गैंडा गणनामा २३ दिन लागेको भन्दै खरालले गणनामा २५० गणक तथा ४३ हात्ती प्रयोग भएको जानकारी दिए । गैंडा गणनाकै क्रममा ध्रुवे हात्तीले आक्रमण गर्दा ७ जना घाइते भएको तथा १ जना गम्भीर घाइतेको काठमाडौंमा उपचार हुँदै गरेको उनले बताए ।
हात्तीले आक्रमण गरेपछि १ दिन र होलीको दिनमा गैंडा गणना हुन नसकेको भन्दै खरालले अन्य दिन बिहान ५ बजेदेखि राति अबेरसम्म गणना गरिएको जानकारी दिए । पर्सा र चितवनलाई १९ ब्लकमा विभाजन गरेर गैंडा गणना गरिएको थियो ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...