×

NMB BANK
NIC ASIA

करमा झमेला

सर्वोच्चको आदेशविपरीत चन्द्रागिरि नगरपालिकाले 'दोहोरो कर' असुलेको कबाडी व्यवसायीको गुनासो

चैत २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

‘कबाडीमा समेत दोहोरो कर लिन थाले, हामीलाई त निकै गाह्रो भयो,’ कबाडी व्यवसायी निरज कुमार जयसवाल भन्दै थिए । रौतहट घर भएका जयसवाल लतितपुरको सानेपामा कोठा भाडामा लिएर बस्ने गरेका छन् । 

Muktinath Bank

विगत १५ वर्षदेखि काठमाडौंमा कबाडी व्यवसाय गर्दै आएका उनलाई पछिल्लो समय चिन्ताको विषय बनेको छ, चन्द्रागिरि नगरपालिकाले उठाउन थालेको ‘कबाडी कर’ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चन्द्रागिरि नगरपालिकाले केही दिनअगाडिदेखि ‘कबाडी कर’ उठाउन थालेको छ । कबाडी सामान बोकेर जाँदै गरेका गाडीहरूलाई गुर्जुधारामा रोकेर कर असुली गर्न थालेका छन्, नगरपालिकाले खटाएका टोली । 


Advertisment
Nabil box
Kumari

‘हामी दोहोरो करको मारमा पर्‍यौं, अब हाम्रो व्यवसाय धरापमा पर्छ,’ लोकान्तरसँग जयसवालले गुनासो पोखे । 

Vianet communication
Laxmi Bank

उनका अनुसार कबाडी कर नगरपालिकाले गत चैत २१ गतेदेखि असुल्न थालेको हो । 

‘एकातिर हामी सरकारलाई १३ प्रतिशत भ्याट तिर्छौं, अर्कातिर नगरपालिकाले करको नाममा दुःख दिन थालेपछि गाह्रो हुँदैछ,’ लोकान्तरसँग उनले भने ।

ललितपुरको सानेपामा बसेर विगत १५ वर्षअघि देखि कबाडी सामान उठाउँदै आएका रौतहटका जयसवाल जस्तै अन्य कबाडी व्यवसायीहरू पनि नगरपालिकाले कर उठाउन थालेकोमा चिन्तित छन् । 

दैनिक २८ देखि ३० हजारसम्म नगरपालिकाले कबाडी करको नाममा असुली गर्न थालेपछि जयसवाल चिन्तित छन् । 

उनले भने, ‘करैकरको भारी भयो, यसरी नै कर तिर्नुपर्ने हो भने त हामी सोत्तर हुन्छौं ।’

चन्द्रागिरिले कर असुली गर्न थालेपछि उनले कबाडी व्यवसायीहरूको संगठनमा न्यायको ढोका खोलिदिन आग्रह गरेका छन् । 

अर्का एक व्यवसायीले पनि यस्तै गुनासो गरे ।

‘हामीले फुटेका शिशा तपाईं (उपभोक्ता)हरूसँग २ रुपैयाँ प्रतिकिलोका दरले किन्छौं, नगरपालिकाले यस्तो वस्तुमा ३ रुपैयाँ प्रतिकिलोका दरले कर उठाउन थालेको छ ।’

उनले वस्तुको मूल्यभन्दा बढी कर तिर्नुपर्दा करैकरको भारी बोकेको महशुस भएको बताए । 

उनले दोहोरो करको मारमा परेपछि संगठनलाई गुहार्नुपरेको बताए । ‘हामी अहिले संगठनमा कुरा राख्न जान थालेका छौं, संगठनले वार्ता गरिरहेको र हल ननिस्किएको बताएको छ,’ उनले भने ।
....
चन्द्रागिरि नगरपालिकाले २०७५ सालमा कबाडी कर लिन थालेको थियो । कबाडी व्यवसायीहरूले विरोध जनाउँदै आए पनि नगरपालिकाले नसुनेपछि अदालतको ढोका ढक्ढक्याएका थिए ।

कबाडी व्यवसायी समाजका अध्यक्ष समेत रहेका ओम श्री सप्लायर्सका प्रोपाइटर रामकेवल साह रौनियारसहित २६ जना व्यवसायीले २०७५ मा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । 

‘नगरपालिकाले करको भारी हामीमाथि थुपारेपछि हामी न्यायालयको ढोका ढकढकाउन पुगेका थियौं,’ लोकान्तरसँग अध्यक्ष रौनियारले भने । 

अध्यक्ष रौनियारले आफूहरूले सरकारलाई भ्याट बिल तिर्न आनाकानी नगरेको दाबी गर्दै चन्द्रागिरिलाई भने कर लिने आधार नभएको बताए । 

सर्वोच्चमा विचाराधीन मुद्दालाई बेवास्ता गर्दै चन्द्रागिरिले व्यवसायीहरूलाई दुःख दिने काम गरिरहेको छ,’ उनले थपे, ‘सर्वोच्चको आदेशको साढे २ वर्षसम्म उनीहरूले कर लिएनन्, पछि लिन थाले ।’

आफूहरू कर तिर्नबाट नभागेको बताउँदै सर्वोच्चको आदेशअनुसार अगाडि बढ्नुपर्नेमा उनले जोड दिए । 

उनले भने, ‘चन्द्रागिरिले सर्वोच्चको आदेश त पर्खनुपर्छ नि, सर्वोच्चले जे भन्छ, त्यसैअनुरूप कर तिर्छौं ।’

मुद्दाको अर्को पेशी आगामी जेठ १६ गतेका लागि तोकिएको उनले जानकारी दिए ।

यस्तो छ, सर्वोच्च अदालतको आदेश

कबाडी करको विषय सर्वोच्च अदालतमा पनि विचाराधीन छ ।

श्री सप्लायर्सका प्रोपाइटर रामकेवल साह रौनियारले चन्द्रागिरी नगरपालिकालाई विपक्षी बनाउँदै दायर गरेको रिटमा सुनुवाइ गर्दै २०७५ असोज २२ गते सर्वाेच्च अदालतका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले चन्द्रागिरि नगरपालिकाको बाटो प्रयोग गरेबापत लिइने कबाडी कर नलिनू, लिन नलगाउनू भनी अन्तरिम आदेश जारी गरेको थियो ।

साथै उक्त आदेशमा २०७५ कात्तिक ११ गते अर्को पेशी तोकी दुवै पक्षलाई छलफलका लागि बोलाइएको थियो ।

कात्तिक ११ मा भएको सुनुवाइलाई त्यसअघिको आदेशलाई निरन्तरता दिइयो भने उस्तै प्रकृतिको अर्को रिट पनि विचाराधीन रहेकाले दुवै रिटलाई एकसाथ राख्न आदेश भयो । 

उक्त अन्तरिम आदेश अहिले  पनि कायमै छ । सो मुद्दामा सर्वोच्चबाट फैसला हुन बाँकी नै छ ।

हेर्नुहोस्, असोज २२ र कात्तिक ११ का आदेश :
 
सर्वोच्चमा अहिले पनि मुद्दा चलिरहेको छ । 

कति छ कबाडी कर ?

चन्द्रागिरि नगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि नगर सभाबाट कबाडी कर स्वीकृत गराएको थियो ।  

नगर सभाबाट स्वीकृत यस्तो कर राजपत्रमा समेत प्रकाशित छ । 

के भन्छ चन्द्रागिरि नगरपालिका ? 

चन्द्रागिरि नगरपालिकाले भने आफूले सबै नगरपालिकासँगको सहमतिमा कबाडी कर असुली गरिरहेको दाबी गरेको छ । 

पहिलेको र अहिलेको केस फरक रहेको भन्दै नगरपालिकाले कबाडी व्यवसायीहरूले करोडौं रकम कर छल्ने प्रयत्न गरेको आरोप लगाएको छ । 

नगरपालिकाका मेयर घनश्याम गिरीले कबाडी व्यवसायीहरूले करोडौं रकम कर छलि गर्ने प्रयास गरिरहेको बताएका छन् । 

लोकान्तरसँग मेयर गिरीले भने, ‘प्रतिइकाइको दरले कबाडी कर उठाउँदा पनि उनीहरूले धेरै राजस्व छलेको देखिन्छ ।’

उनले थपे, ‘पहिले चन्द्रागिरिमा म एक्लै थिएँ, अहिले सबै नगरपालिकाको साथ छ । राजपत्रमा करको दर कायम गरिएको छ, त्यो दरमा उनीहरूले कर तिर्नै पर्छ ।’

सर्वोच्च अदालतमा विचाराधीन रहेको मुद्दा बाटोमा नै कर असुली गरेको भन्ने रहेको भन्दै उनले त्यो केस र अहिलेको केस फरक भएको बताए । 

‘पहिलेको केस र अहिलेको केस फरक हो, पहिले बाटोमा नउठाउने भनिएको थियो, अहिले नगरपालिकाहरूको सहमतिमा उठाइएको हो ।’ 

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x