२७ असार २०८३, शनिबार

राष्ट्रिय यू–१९ टोलीलाई चौधरी ग्रूपको साथ

चैत ३०, २०७७
राष्ट्रिय यू–१९ टोलीलाई चौधरी ग्रूपको साथ
प्रतिकात्मक तस्वीर

नेपाली राष्ट्रिय १९ वर्षमुनि (यू–१९) को क्रिकेट टोलीलाई चौधरी ग्रूपको वाइवाइ चाउचाउले ५ वर्षको लागि प्रायोजन गरेको छ ।

नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्द र चौधरी ग्रूपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमवार आयोजित एक कार्यक्रममा ५ वर्षीय सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

सम्झौतासँगै वाइवाइले क्यानलाई अब वार्षिक ७० लाख रुपैयाँ उपलब्ध गराउने छ ।

हरेक २ वर्षमा १० प्रतिशतले रकममा वृद्धि हुने सम्झौतामा उल्लेख छ । सम्झौतासँगै अब नेपाली यू–१९ क्रिकेट टोलीको नाम वाइवाई यू–१९ क्रिकेट टोली रहने छ । कार्यक्रममा चौधरी ग्रूपका प्रबन्ध निर्देशक चौधरीले आफ्नो संस्थाको मुख्य लक्ष्य क्रिकेट खेलको विकासमा सहयोग गर्ने भन्दै क्यानसँग सहकार्य र क्रिकेटसँग जोडिन पाउँदा खुशी लागेको बताए ।
    
क्यानका अध्यक्ष चन्दले सम्झौताले नेपाली क्रिकेट खेलको विकास र विस्तारमा सहयोग पुग्ने भन्दै निजी संस्थाको सहयोग विना क्रिकेट कार्यक्रम गर्न सम्भव नरहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्