
बर्दिया जिल्ला अदालत गुलरियाले १० महिना कैद सजाय तोकेका फरार अभियुक्त आर्यन चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
चैत ३ गतेको फैसलाले लागूऔषध ब्राउनसुगर मुद्दामा १० महिना कैद सजाय तोकिएका गुलरिया नगरपालिका–४ का २० वर्षीय आर्यन चौधरीलाई पक्राउ गरिएको हो ।
प्रहरी टोलीले खोजतलास गर्दै जाने क्रममा सोमवार गुलरिया नगरपालिका–४ तुलापुरमा लुकिछिपी बसेको अवस्थामा फेला पारेर पक्राउ गरी जिल्ला अदालत गुलरियामा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।