३१ असार २०८३, बुधबार

राष्ट्र बैंककी निर्देशक कारागार चलान

राष्ट्र बैंककी निर्देशक कारागार चलान

राष्ट्र बैँककी निर्देशक सुष्मा रेग्मी रिजाल पुर्पक्षको लागी कारागार चलान भएकी छिन् । उनलाई प्रहरीले ज्येष्ठ नागरिक ऐन अन्तर्गत मुद्धा चलाएको थियो।

आमा शोभा रिजालले आफूलाई छोरीले सम्पत्ति लगेर पनि हेरचाह नगरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको थियो ।

 जेष्ठ नागरिक सम्वन्धि कसुर मुद्धामा उनलाई काठमाडौ जिल्ला अदालतको सोमबार  पुर्पक्षको निमित्त जगन्नाथ देवल सुन्धारा महिला बन्दी गृहमा थुना पठाएको काठमाडौं प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्