×

NMB BANK
NIC ASIA

आइतबारसम्म असिनापानी सम्भावना

बैशाख ४, २०७८

NTC
तस्वीर सौजन्य : राजधानी दैनिक
Premier Steels

स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे पनि दिउँसोबाट एक्कासि असिनापानी परेको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो, प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा असिनापानी परेको छ ।

Muktinath Bank

‘शुक्रबार नेपालमा कुनै मौसमी प्रणाली छैन । स्थानीय वायु प्रभावले असिनापानी परेको हो,’ महाशाखाका मौसमविद् वरूण पौडेलले भने, ‘शनिबार र आइतबार यस्तै हुन सक्छ ।’ काठमाडौंको आकासमा टन्नै बादल भएकाले केही ठाउँमा दिउँसै बत्ती बाल्नुपर्ने अवस्था भएको उनले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘ठाउँअनुसार फरकफरक छ । कहीँ धेरै पानी परेको छ, कहीँ कम,’ उनले भने, ‘प्रि–मनसुनमा यस्तै हुन्छ । दुई–तीन घन्टापछि यो खुलेर जान्छ ।’


Advertisment
Nabil box
Kumari

शनिबार पनि देशका धेरैजसो स्थानमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । देशका पहाडी भूभागका केही स्थानमा र तराईका थोरै स्थानमा मेघगर्जन÷चट्टयाङ÷हावाहुरी÷असिनासहित क्षणिक वर्षा सम्भावना छ । आइतबार पनि प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।

Vianet communication

प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा र अन्य प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन÷चट्टयाङसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । आइतबार रातिदेखि भने मौसम सामान्यतया सफा रहनेछ । मौसमविद् पौडेलका अनुसार शुक्रबार धरान, धनकुटा, ओखलढुंगा, संखुवासभा, काठमाडौं उपत्यकाका तीनवटै जिल्ला र आसपासका अन्य जिल्ला, गण्डकी प्रदेशका पहाडी जिल्लासहित पश्चिम पहाडका केही भूभागमा वर्षात भएको छ ।

केही स्थानमा असिना पनि परेको छ भने हावाहुरी पनि आएको छ । तराईमा पनि स्थानीय वायुको प्रभावले हावाहुरी आएको छ । अब दैनिकजसो विभिन्न भेगमा यसरी नै वर्षात हुने विभागको अनुमान छ ।

यो वर्ष धेरै हिउँदे वर्षा नभएकाले देशभर नै वायुप्रदूषण उच्च दरमा बढेको थियो । प्रि–मनसुन गतिविधि सक्रिय भएकाले पानी परेपछि पहाडी भेगमा मकैलगायतका बाली लगाउन थाल्ने मौसमविद् पौडेलले बताए । यस्तो वर्षातले तराई भेगमा लगाइएका बालीलाई पनि राहत प्रदान गरेको छ । तर, असिना र हावाहुरीका कारण कतिपय ठाउँमा अन्नबाली र फलफूलमा नोक्सानी पनि पुगेको छ। राजधानी दैनिकमा सबिन शर्माले खबर लेखेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

बैशाख २४, २०८१

जापानी बिदेशमन्त्री कामिकाबा योको झन्डै आठ घण्टाको नेपाल भ्रमण गरी स्वदेश फर्किएकी छन् । विमान चार्टर गरी नेपाल आएको मन्त्री योकोले स्वदेश फिर्दा भने नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नियमित उडान प्...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

कांग्रेस राजनीतिमा नयाँ घुम्ती

बैशाख २५, २०८१

निरन्तर १८ वर्ष लामो कन्जरभेटिभ पार्टीको सरकारलाई विस्थापित गर्दै लेबर पार्टीका नेता टोनी ब्लेयर सन् १९९७ को मे २ मा बेलायतको प्रधानमन्त्री बन्न सफल भएका थिए । लेबर पार्टीका नेता जोन स्मिथको निधनपश्चात पार्टीको ...

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

जसपा विभाजन र अन्य दलको सन्निकट संकट

बैशाख २५, २०८१

जनता समाजवादी पार्टीमा आएको विभाजन पहिलो पनि होइन र अन्तिम पनि होइन । राजनीतिक दलमा आएको विभाजनको लामो शृङ्खला हेर्ने हो भने पनि यो न पहिलो हो, न अन्तिम । दुःखद् कुरा के भने राजनीतिक दल विभाजनको नयाँ कोर्...

x