३० असार २०८३, मंगलबार

माओवादीले सर्वदलीय बैठक बहिष्कार गरेकोप्रति सरकारको टिप्पणी : उहाँहरू नहुँदा पनि देश चल्छ

माओवादीले सर्वदलीय बैठक बहिष्कार गरेकोप्रति सरकारको टिप्पणी : उहाँहरू नहुँदा पनि देश चल्छ

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक माओवादी केन्द्रले बहिष्कार गरेको छ ।

प्रधानमन्त्री ओली स्वयंले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई शुक्रवार फोन गरेर शनिवारको सर्वदलीय बैठकमा उपस्थित हुन आग्रह गरेका थिए ।

शनिवारको बैठकमा प्रचण्ड भने उपस्थित थिएनन् । सर्वदलीय बैठकमा माओवादी अनुपस्थित भएकोबारे सोधिएको प्रश्नमा परराष्ट्रमन्त्री एवं नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सर्वदलीय बैठकमा उपस्थित नहुनु गैरजिम्मेवार कुरा भएको बताए । 

‘माओवादी केन्द्रलाई खबर नभएको भन्ने कुरा गलत हो, हिजो नै प्रचण्डले एक कार्यक्रममा हुँदा आफूलाई प्रधामनन्त्रीले फोन गरेको बताउनुभएको थियो । किन आउनुभएन ? उहाँहरूले जान्ने कुरा हो, गैरजिम्मेवार कुरा हो,’ ज्ञवालीले भने, ‘उहाँहरूले थाहा पाउनुपर्छ, उहाँहरू नहुँदा पनि देश चल्छ ।’

बैठकमा एमसीसी अनुमोदन, उपनिर्वाचन, कोभिडबाट उत्पन्न समस्याको विषयमा छलफल भएको ज्ञवालीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्