
आइतबार देशका विभिन्न स्थानमा मेघजर्गन र हावाहुरीसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार प्रदेश १ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ।
यस्तै देशको पहाडी भूभागका थोरै स्थानहरुमा भने अपरान्हतिर मेघगर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ ।
यसैगरी राति पनि देशका पहाडी भूभागका एक वा दुई स्थानमा मेघगर्जन र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
हाल हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ।
हाल पहाडी भूभागमा आंशिक बदली रहेको छ र बाकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।