०२ असार २०८३, मंगलबार

विभिन्न क्षेत्रमा कडाइ गर्ने गरी जिप्रका काठमाडौंले जारी गर्‍यो १४ बुँदे सूचना [सूचनासहित]

विभिन्न क्षेत्रमा कडाइ गर्ने गरी जिप्रका काठमाडौंले जारी गर्‍यो १४ बुँदे सूचना [सूचनासहित]

कोरोनाभाइरस (कोभिड- १९) संक्रमणको दर तीव्र भएपछि विभिन्न क्षेत्रमा कडाइसहित जिल्ला प्रशासन कार्यालयले १४ बुँदे सूचना जारी गरेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रशासकीय अधिकृत मानबहादुर बुढाले बिहीवार एक सूचना जारी गरी कोरोना महामारीलाई ख्याल राख्दै सचेतना अपनाउन अपिल गरेका हुन् ।

सूचनामा विद्यालयहरूमा भर्चुअल विधिबाट कक्षा सञ्चालन गर्न, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, दोहोरी, नाचघर आदिमा मानिसहरूको भीडभाड हुने सबै प्रकारका कार्यक्रम वैशाख मसान्तसम्म बन्द गर्न, सार्वजनिक यातायातमा मास्क अनिवार्य गर्न र सिट क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको छ ।

हेर्नुहोस्, सूचना :  

salt training

कमेन्ट गर्नुहोस्