
काठमाडौं । विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पर्वतको मोदी गाउँपालिका-२ स्थित जन नेत्र माध्यमिक विद्यालय देउपुरको सभा हल निर्माणमा काम गर्ने बाँके चिसापानी नगरपालिका-४ घर भएका ५० वर्षीय गणेश घर्ती सोही विद्यालयको पुरानो भवनमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी पर्साको वीरगंज महानगरपालिका-७ मा लेवर काम गर्ने रौतहट राजदेवी नगरपालिका-९ ब्रम्हपुरी घर भएका २० वर्षीय श्याम मण्डल सोही ठाउस्थित नालामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली संगम मार्ग गाई फर्म नजिक ढलमा सोही ठाउँस्थित जातीगाल बस्ने ६५ वर्षीय मधुकर भण्डारी पनि बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी महोत्तरीको मनराशिस्वा नगरपालिका-१० शखरी टोलमा हाल नाम, थर, वतन नखुलेकी करिब ७५ वर्षीया महिला बुधबार मृत अवस्थामा फेला परेकी छिन् भने शम्सी गाउँपालिका-६ शम्सीमा हाल नाम, थर, वतन नखुलेका करिब २४ वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।