
काठमाडौं उपत्यकामा बिहीवारदेखि लागू हुने निषेधाज्ञाका बीच पनि शेयर बजार भने खुलै रहने भएको छ ।
पछिल्लो समय शेयर बजारमा अनलाइन कारोबार बढ्दै गएको अवस्थामा निषेधाज्ञामा पनि शेयर बजार खुल्लै राखिने नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले लोकान्तरलाई जानकारी दिए ।
घरमै बसेर अनलाइनबाट सेयर खरिद गर्न सकिन्छ । शेयर खरिद बिक्री वापतको लिनु वा दिनु पर्ने भुक्तानी पनि कनेक्ट आईपीएसबाट सिधै बैंक खातामा जम्मा गर्न सकिने भएकाले बजार बन्द गर्नु नपर्ने नेप्सेको भनाइ छ ।
ब्रोकर कार्यालयहरूमा पनि भीडभाड नगर्न र थोरै कर्मचारी राखेर काम गर्न भनिएको सीईओ साउदले जानकारी दिए ।
सीईओ साउदले अनलाइनमार्फत कारोबार हुने हुँदा लगानीकर्ता डराउनु नपर्ने बताए ।
गत वर्ष भएको लकडाउनमा भने शेयर बजार ५० दिन बन्द भएको थियो ।