
एशियाली विकास बैंकले नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्षमा १.९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालु आवमा ३.१ प्रतिशत र २०७९/८० मा ५.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
बैंकले नेपालमा सञ्चालन भइरहेको कोरोनाको भ्याक्सिनेसन अभियानका कारण आर्थिक गतिविध चलायमान हुने अपेक्षा समेत गरेको छ ।
बैंकले कृषि क्षेत्रको वृद्धिदर २.४ प्रतिशतले बढ्ने र मौसम अनुकुल भएकाले धान उत्पादन १.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ ।
त्यसैगरी उत्पादनमूलक र सेवामूलक क्षेत्र लकडाउन खुलेयता बिस्तारै चलायमान भएको उल्लेख गरेको छ । साथै उद्योग, ठूला, साना तथा मध्यम खालको उद्यमशिलतालाई असर पुर्याएको एडीबीले उल्लेख गरेको छ ।
चालु आवमा मूल्यवृद्धि ५ प्रतिशतमा रहने समेत एडीबीले उल्लेख गरेको छ । सन् २०२० मा मूल्यवृद्धि ६.२ प्रतिशत थियो ।
एडीबीले सन् २०२२ मा नेपालको जीडीपी ग्रोथ ५.१ प्रतिशतले हुने समेत प्रक्षेपण गरेको छ ।