काठमाडौं, १५ जेठ – अभिनेता निश्चल बस्नेत आजभोलि निर्देशनमा भन्दा धेरै गीतको नाचमा देखिन थालेका छन् । चलचित्र ‘२ रुपैयाँ’ को एक गीतमा निश्चल बस्नेत र नायिका स्वस्तिमा खड्काले एकसाथ कम्मर मर्काएका छन् ।
कुटुमा कुट सुपारी दाना बोलको गीतमा निश्चल र स्वस्तिमालाई कम्मर मर्काएको देख्न सकिन्छ ।

जी ट्वान्टी वान प्रोडक्सन र ब्ल्याक हर्स पिक्चर्सको ब्यानरमा बन्ने चलचित्रलाई असिम शाहले निर्देशन गरेका छन् ।
गीतको भिडियोमा असिफ शाह, निशचल बसनेत, बुद्धि तामाङ तथा स्वस्तिमा खड्काको अभिनय रहेको छ ।
कविराज गहतराजको कोरियोग्राफी रहेको उक्त गीतमा राजनराज शिवाकोटीका शब्द छन् भने स्वर पनि शिवाकोटी, मेलिना राई र राजन इशानको रहेको छ ।