०३ असार २०८३, बुधबार

निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही

बैशाख १९, २०७८
निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही

दोस्रो लहरमा फैलिएको कोभिड–१९ संक्रमण नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय चितवनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्नेलाई धमाधम कारवाही गरिँदैछ । 

चितवनमा निषेधाज्ञा उल्लंघन गर्ने २ हजार ५८२ मानिस तथा ८४१ वटा सवारीसाधनलाई कारवाही गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सरोज गिरीले शनिवार दिनभरमा कारवाही गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी एकाइहरूबाट कारवाही गरिएको गिरीको भनाइ छ । कारवाहीबाट ७२ हजार ९०० रुपैयाँ जरिवाना असुल गरिएको भन्दै गिरीले सो अवसरमा ५० थान मास्क समेत वितरण गरिएको जानकारी दिए ।
 
निषेधाज्ञामा तोकिएका बाहेकका सवारी चलाउनेलाई कारवाही गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले वैशाख १६ गते रातिदेखि ३१ गते रातिसम्म निषेधाज्ञा जारी गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्