२१ असार २०८३, आइतबार

कोरोनाको संकट झेलिरहेका मोदीलाई बंगालले पनि दियो झड्का, कसरी बचाउँछन् छवि ?

बैशाख १९, २०७८
कोरोनाको संकट झेलिरहेका मोदीलाई बंगालले पनि दियो झड्का, कसरी बचाउँछन् छवि ?

पश्चिम बंगालमा ममता बनर्जीले बहुमत ल्याउने स्पष्ट संकेत पाइएपछि प्रधानमन्त्री नरेन्द्र मोदीलाई नराम्रो झड्का लागेको छ । 

ताजा रुझानमा तृणमूल कांग्रेसले २०६ र भारतीय जनता पार्टीले ८६ सीटमा अग्रता लिएको देखिन्छ । 
 

यहीबेलामा देशभरि कोरोना संकटका कारण मोदी सरकारको चौतर्फी आलोचना भइरहेको छ । भारतीय जनता पार्टीका समर्थक समेत सरकार र पार्टी नेतृत्वसँग रिसाएका छन् । 

कोरोनाको सुनामीका कारण मोदी लहर रोकिएको छ । 

मोदी र भाजपाले पश्चिम बंगाल जित्नका लागि पूरा शक्ति लगाएका थिए । तृणमूलसँग भाजपाको धेरै ठाउँमा झडप पनि भएको थियो । 

भाजपाको हार भएमा सबभन्दा ठूलो कारण अति आत्मविश्वास हुनेछ । मोदीको नाम यहाँ पनि बिक्छ भन्नेमा भाजपा ढुक्क थियो । तर राष्ट्रिय स्तरमा मोदीको पक्षमा लहर भए पनि बंगालमा ममता बनर्जीकै दबदबा छ । ममतालाई टक्कर दिने स्तरको बंगाली नेता भाजपामा देखिएको थिएन । 

अब उत्तर प्रदेश, उत्तराखण्ड र पञ्जाबमा विधानसभा निर्वाचन आउँदैछ । बंगाल जितेको भए भाजपालाई ती चुनावमा उत्साह हुने थियो । 

सन् २०२२ मा उत्तर प्रदेशमा विधानसभा चसनाव हुँदैछ । भाजपाले सन् २०१७ मा त्यहाँ ३१२ सीट जितेको थियो । मोदी आफैं सन् २०१४ र २०१९ मा उत्तर प्रदेशबाट लोकसभा चुनाव जितेका थिए । त्यसैले मोदी र भाजपाको भविष्य उत्तर प्रदेशको मतपरिणामले निर्धारण गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्