स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ पीसीआर परीक्षण गर्ने सबै प्रयोगशालामा २४ घण्टै र सातै दिन नमूना लिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले आइतवार अनुरोध गर्दै प्रयोगशालामा सधैं नमूना लिने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।
मन्त्रालयले अध्ययन बिदामा रहेका हाल अध्ययन नभएको अवस्थामा सम्पूर्ण स्वास्थ्यकर्मीहरूलाई आ–आफ्नो दरबन्दी रहेको स्वास्थ्य संस्थामा हाजिर भई सेवा दिन खटाउने निर्णय गरेको छ ।
