२१ असार २०८३, आइतबार

थप एक लाख स्वरोजगार तथा चार लाख नयाँ रोजगारी सिर्जना हुने

कात्तिक २०, २०७४
थप एक लाख स्वरोजगार तथा चार लाख नयाँ रोजगारी सिर्जना हुने

काठमाडौँ, १५ जेठ- बजेटको कार्यान्वयनबाट थप एक लाख स्वरोजगार तथा चार लाख नयाँ रोजगारीका अवसर सिर्जना हुने भएको छ ।Budget-Design_1

अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका–संसद्मा प्रस्तुत गरेको बजेट भाषणमा बजेटको कार्यान्वयनबाट आर्थिक क्रियाकलापमा उल्लेख्य विस्तार भई ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुने अपेक्षा गरिएको छ ।

बजेट जारी भएपछि नेपाल राष्ट्र बैंकले जारी गर्ने मौद्रिक नीति र आपूर्ति प्रणालीको सुधारबाट मुद्रास्फीति ७ प्रतिशतमा सीमित हुने र सामाजिक सुरक्षा तथा मानव विकासका सूचकमा उल्लेखनीय प्रगति हुने भनिएको छ । राष्ट्रिय पूर्वाधारको संरक्षणका लागि उच्च कर नियोजन र कर छली नियन्त्रण गर्नाका साथै राजस्व चुहावटका जोखिम क्षेत्रको पहिचान गरी जोखिमका सूचकको परिमार्जन गरिनेछ । राजस्व चुहावट नियन्त्रणका लागि सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व प्रशासनका बीचमा सूचना आदानप्रदानको व्यवस्था गरिनेछ ।

salt training

कमेन्ट गर्नुहोस्