२४ जेठ २०८३, आइतबार

सावधान ! एसीमा लामो समय बस्दा शरीरलाई यस्ता हानि हुन्छन्

कात्तिक २०, २०७४
सावधान ! एसीमा लामो समय बस्दा शरीरलाई यस्ता हानि हुन्छन्

आजकल गर्मी बढेका कारण धेरै मानिसहरू एयरकन्डिस्नर (एसी) मा बस्न रुचाउँछन् । गर्मीमा बाहिर निस्केर हालत खराब भएको बेलामा घरमा वा अफिसमा एसी चलाएर चिसोमा बस्नु आनन्ददायक अनुभव हो ।


तर एसीमा लामो समय बस्दा शरीरलाई अनेक किसिमका हानि नोक्सानी हुन्छन् । यसका बारेमा कमै मात्र मानिसलाई थाहा भएको हुन सक्छ । यी हुन् लामो समय एसीमा बस्दा हुने हानि :

१ थकाइ वा ज्वरो
दिनभरि एसीमा बस्ने अनि काम परेपछि घरबाहिर निस्कने गर्दा चिसो र तातो जुधेर मानिसलाई थकाइ र ज्वरोको समस्याले सताउँछ ।

२ जोर्नीमा पीडा
लामो समय एसीमा बस्दा जोर्नीहरू दुख्न थाल्छन् र बिस्तारै हड्डीको रोग लाग्छ ।

३ रक्तचाप र दम
लामो समय एसीमा बस्दा रक्तचाप घट्छ । त्यसैले रक्तचापको समस्या भएका मानिसले एसीबाट टाढै बस्नुपर्छ । अनि दमको समस्या भएका मानिसलाई एसीले झन् समस्या थपिदिन्छ ।

४ मोटोपना
एसीका कारण शरीरको तापमान कम हुन्छ र पसिना निस्कन पाउँदैन । यसबाट शरीर सक्रिय हुन नपाएर मोटोपना बढ्छ ।

५ छाला
एसीले छालालाई पनि नोक्सान पु–याउँछ किनकि चिसो हावाका कारण छालाले प्राकृतिक आर्द्रता गुमाउँछ र सुक्खा हुन पुग्छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्