×

NMB BANK
NIC ASIA

शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउने यी हुन् १५ उपायहरू

बैशाख २३, २०७८

NTC
Sarbottam
Premier Steels
Marvel

कोरोना भाइरस संक्रमणको महामारीका बेला शरीरको प्रतिरक्षा प्रणाली बलियो बनाउन डा. हेमराज कोइरालाले १५ उपाय बताएका छन् ।

Muktinath Bank

सामाजिक सञ्जाल फेसबूकमार्फत डा. कोइरालाले कोरोनाबाट बच्ने दीगो र भरपर्दाे उपाय प्रतिरक्षा प्रणालीको विकास नै रहेको जनाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘प्रतिरक्षा प्रणाली सशक्त भए यो रोगले त्यति असर गर्न सक्दैन र व्यक्तिले भाइरसलाई सजिलै जित्न सक्दछ,’ डा. कोइरालाले लेखेका छन्, ‘प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्दछ र रोगले केही गर्न सक्दैन तर प्रतिरक्षा प्रणाली कमजोर भए रोगका किटाणुहरूले जित्दछ र मान्छे मर्दछ ।’


Advertisment
Nabil box
Kumari

प्रतिरक्षा प्रणालीको सशक्तीकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन प्राकृतिक चिकित्सा विधिहरू अपनाउन सकिने डा. कोइरालाले जनाए ।

Vianet communication
Laxmi Bank

यस्ता छन् डा. कोइरालाका सुझाव –

काेराेना भाइरस राेग वा काेभीड १९ काे कारणा अाज सम्पूर्ण विश्व तहस नहस भएकाे छ। विगत डेढ बर्ष देखि विश्व मानव समुदायलाइ तहस नहस बनाउदै लगेकाे याे राेगले ३२लाख मान्छेकाे ज्यान लिइसकेकाे छ। यस परिपेक्षमा यस राेगबाट जाेगीन अनेकाै उपायहरूकाे पनि खाेजी हुदै छ । तर यस राेगकाे दिगाे र भरपर्दाे उपाय भनेकाे प्रतिरक्षा प्रणालीलाइ ससक्त पार्नु नै हाे । प्रतिरक्षा प्रणाली ससक्त भए याे राेगले त्यति असर गर्न सक्दैन र व्याक्तिले भाइरसलाइ सजिलै जित्न सक्दछ।  


कसरी गर्ने राेग प्रतिराेधक क्षमताकाे  सशक्तिकरणा ?​
ईम्यूनीटी वा रोग प्रतिरोधक क्षमताको सशक्तिकरण कसरि गर्ने भन्ने बारेमा जान्नु भन्दा पहिला प्रतिरक्षा प्रणली वा ब्याधि क्षमत्व (Immune system) भनेको के हो भनेर बुझ्न जरूरी छ । प्रतिरक्षा प्रणली अन्तरगत बोन म्यारो वा हड्डी भित्रको मज्जामा उत्पन्न भई रगत, तन्तुहरू, र लिम्फ नोडहरूमा रहेने सेता रक्तकोश हरू, लिम्फनोड, फियो, थाइमस आदिले मिलेर बनेको यस्तो प्रणाली जसले रोग कारक सूक्ष्मजीवहरू जस्तै ब्याक्टेरिया, भाईरस, ढुसी, एवं परजीवीहरू शरीरमा प्रवेश गर्ने बित्तिकै आक्रमण गरेर नष्ट गरिदिन्छन् । प्रतिरक्षा प्रणाली मजबुत भए रोगका किटाणुहरूलाई प्रतिरक्षा प्रणालीका कोषहरूले जित्दछ र रोगले केही गर्न सक्दैन तर प्रतिरक्षा प्रणाली कमजोर भए रोगका किटाणुहरूले जित्दछ र मान्छे मर्दछ । यसर्थ प्रतिरक्षा प्रणालीको सशक्तिकरण नै हरेक सूक्ष्मजीवबाट हुने रोगहरूको सबै भन्दा भरपर्दो उपचार हो । प्रतिरक्षा प्रणालीको सशक्तिकरण गर्न वा रोग प्रतिरोधक क्षमता बढाउन निम्न प्राकृतिक चिकित्सा विधिहरू अपनाउन सकिन्छ ।

१. दैनिक आठ घण्टाको निन्द्राः बेलुका ९ बजे देखि ५ बजे बिचको राम्रो, गहिरो र मिठो निन्द्राले सेता रक्तकोषहरू बढाउने, घाउ खटिरा निको पार्ने र संक्रमण नियन्त्रणमा महत्वपूर्ण भूमिका गर्दछ ।
२. पर्याप्त पानीको सेवनः पर्याप्त पानीको सेवन गर्नाले शरीरमा विजातिय द्रब्यहरूको संकलन हुन पाउदैन । यसोहुदाँ शरीरमा अनावश्यक रूपमा हानीकारक ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूको बृद्घिहुन पाउदैन। यसका अलावा पनी कमहुँदा शरीरमा विषाक्त पदार्थहरू जम्मा भई प्रतिरक्षा प्रणालीका कोषहरूलाई समेत निष्तेज पार्दछ ।
३. योगभ्यासः योगभ्यासले शरीरमा रक्तसंचार सूचारू पार्ने, पोषक तत्वहरूको समान वितरण गर्ने, विजातिय द्रब्यको निस्कासनमा भूमिका खेल्ने र प्रतिरक्षा प्रणालकिा कोषहरू उत्पादन गर्न मद्यत गर्दछ।
४. प्रणायाम : कपालभाती, भस्त्रिका, सूदर्शन क्रिया जस्ता छिटो–छिटो श्वास लिएर गरिने प्राणयामले शरीरमा नेचूरल किलर सेल र टी सेलको मात्रा बढाउने हुँदा भाईरसको संक्रमण संग लड्न मद्यत गर्दछख ।
५. ध्यानः ध्यानले तनाव कम गर्दछ। तनाव कम हुँदा प्रतिरक्षा प्रणलीको आफै मजबुत हुन्छ ।
६. शाकाहारी खानाः शाकाहार मानवको प्रकृति प्रदत्त अधिकार हो ।शाकाहारी जीवन शैली अपनाउदा मान्छेले आफूलाई धरै जूनोसिस (जनावरबाट मान्छेमा सर्ने रोगहरू) बाट बच्न सक्दछ । यसका अलवा मंशाहारीलाई विभिन्न किसिमका संक्रमणहरू पनि भईरहन्छन । शाकाहारी खानाले संक्रमण र प्रदाहलाई निको पार्न मद्यत गर्दछ ।
७. पर्याप्त फलफूल एवं तरकारीको सेवनः फलफूल एवं तरकारी हरूमा प्रसस्त मात्रामा भिटामिन, खनिज एवं लवण र एण्टी–अक्सिडेण्टहरू पाईन्छन । यी तत्वहरूले रोग प्रतिरोधक कोषहरूको उत्पादन एवं बृद्घि–विकाशमा महत्वपूर्ण भूमिका अदा गर्दछ ।
८. आधा घण्टाको सूर्य स्नान (घाम तपाई) : सूर्यको प्रकास सर्वश्रेष्ठ प्राकृतिक किटनासक हो । यसका अलावा सूर्य–स्नान गर्दा शरीरमा प्रतिरक्षा प्रणलीलाई मजबुत पार्ने भिटामिन डी को संश्लेषण हुन्छ ।
९. रेशा र चोकर यूक्त खानेकुराः रेशा एवं चोकरले विजातीय द्रब्यहरूलाई शरीरबाट निष्काशन गर्नमा, पाचन प्रणालीलाई सफा गर्न र संक्रमणलाई निस्तेज गर्नमा मद्यत गर्दछ ।
१०. हताको एकदिन उपवाशः उपवाशले प्रतिरक्षा प्रणालीलाई रिसेट गर्न मद्यत गर्दछ एवं उपवास पश्चात प्रतिरक्षा प्रणालीका कोषहरूको उत्पादन लाई पनि मद्यत गर्दछ ।
११. सकरात्मक सोचः महामारी फैलँदा मान्छे रोगले भन्दा पनि डरले मर्ने गर्दछन । यस्तो बेलामा सकरात्मक हुदाँ समस्या संग लड्न थप बल प्राप्त हुन्छ ।
१२. प्रकृति संगको सामिप्यता : प्रकृति संगको समिप्यताले प्रकृतिमा विद्यमान ब्याक्टेरिया, भाईरस, ढुसी एवं परजीवीहरूसंङ्ग प्रतिरक्षा प्रणलीको जम्काभेट भईरहने हुदा प्रचिरक्षा प्रणालीलाई चूष्त राख्न मद्यत गर्दछ ।
१३. धुमपानको एवं मद्यपान त्याग : धूमपान एवं मद्यपानले प्रत्यक्ष रूपमा प्रतिरक्षा प्रणलीलाई निस्तेज गर्दछ ।
१४. चिनीको सेवन नगर्ने : चिनी सेवनले मुखमा एवं शरीरमा हानीकारक ब्याक्टेरीयालाई आकर्षित गर्दछ । यी ब्याक्टेरिया भएको ठाउमा भाईरस चाडै आकर्षित हुन्छ र संक्रमण फैलन्छ।
१५. जंङ्कफूड, फाईडफूड, रिफाईण्डफूड नगर्नेः जंङ्कफूड, फाईडफूड, रिफाईण्डफूडमा विद्यमान हानीकारक केमीकलहरूले रगतमा विद्यमान प्रतिरक्षाका कोषहरूलाई निस्तेज बानाई दिन्छन।
यी विधिहरूको यथोचित प्रयोगले हाम्रो शरीरको व्याधि क्षमत्व वा रोग प्रतिरोधक क्षमता बढ्दछ । व्याधि क्षमत्व मजबुत भएपछि रोगलाई सजिलै जित्न सकिन्छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

कात्तिक २६, २०८०

काठमाडौं— भुइँमा बस्न छोडेको कति वर्ष भयो ? बस्न र खाना खान पनि तपाईं कुर्सीकै प्रयोग गर्नुहुन्छ, हैन त ? अब भुइँमा सुत्नुभएको छ भनी प्रश्न सोध्दा तपाईं हाँस्नुहुन्छ होला । पहिला हाम्रा पूर्खाहरू भुइँमा ...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x