
विकसित पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा र पार्टीको भावी रणनीति तय गर्न नेकपा एमाले स्थायी कमिटीको बैठक बालुवाटारमा जारी छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीवार बिहान ११ बजेपछि बैठक शुरु भएको हो ।
वैशाख २७ गते प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन लागेको विषयमा बैठकमा छलफल हुँदैछ ।
यस्तै बागमती प्रदेशबाट राष्टिय सभा उम्मेदवार मनोनयनको विषयमा पनि बैठकमा छलफल हुदैछ ।
स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले समसामयिक विषयमा छलफल गर्न स्थायी कमिटी बैठक बोलाइएको जानकारी दिए ।
माओवादीले कार्वाही गरेपछि सांसद् पद खारेज भएका रामबहादुर थापालाई नै उम्मेदवार बनाउने एमालेको तयारी छ ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र एमालेको माधव नेपाल पक्षले खिमलाल देवकोटालाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।