कूडाकर्कटलाई टिकट दिएकाले बंगालमा हार्‍यो भाजपा : तथागत रोय

मेघालयका पूर्व राज्यपाल तथागत रोयले पश्चिम बंगालमा भारतीय जनता पार्टीका शीर्ष नेताहरूमाथि कठोर शाब्दिक आक्रमण गरेका छन् । 

तिनै नेताहरूले गर्दा विधानसभा निर्वाचनमा भाजपा हारेको उनको आरोप छ । 


Advertisement

शीर्ष नेताहरूले तृणमूल कांग्रेसबाट आएका कूडाकर्कटहरूलाई चुनावको टिकट दिएको रोयको भनाइ छ । अब बंगालमा भाजपाका पुराना कार्यकर्ताहरू पार्टी छोडेर जान सक्ने उनले आशंका व्यक्त गरे । 

‘ती कूडाकर्कटहरूले विचारधाराबाट निर्देशित भाजपा कार्यकर्ता र स्वयंसेवकहरूमाथि कठोर अपमान गरेका थिए । सन् १९८० को दशकदेखि भाजपाका लागि खटिएका तिनै कार्यकर्तामाथि अहिले तृणमूलले कडा भौतिक आक्रमण

गरिरहेको छ । तर शीर्ष नेताहरू उनीहरूको उद्धार गर्न जाँदैनन् अनि जवाफी कारवाही गर्न पनि प्रेरित गर्दैनन्,’ रोयले बताए । 
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्