२१ असार २०८३, आइतबार

फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु– नेम्बाङ

कात्तिक २०, २०७४
फिदिम नगरलाई ‘स्मार्ट सिटी’ बनाउँछु– नेम्बाङ

 

पाँचथर, १६ जेठ - नेपाली काँग्रेस फिदिम नगरपालिकाका प्रमुख उपप्रमुख पदको उम्मेदवार घोषणा गरिएको छ ।

प्रेस समन्वय समितिले आज पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा प्रमुख पदमा पार्टीका महाधिवेशन प्रतिनिधि ओनाहाङ नेम्बाङ र उपप्रमुखमा उर्मिला प्रधान श्रेष्ठलाई उम्मेदवार चयन गरेको जानकारी दिइयो ।
कार्यक्रममा काग्रेस पाँचथर जिल्ला सभापति नरेन्द्रकुमार केरुङले पार्टीको आधिकारिक उम्मेदवार नेम्बाङ र श्रेष्ठ भएकाले उहाँहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
नगरप्रमुख पदका उम्मेदवार नेम्बाङ र उपप्रमुख पदका उम्मेदवार श्रेष्ठले आफूहरु विजयी भए नगरको विकास गर्ने र स्मार्ट सिटीको रुपमा फिदिम नगर बनाउने लक्ष्य अघि सार्नुभयो । रासस

कमेन्ट गर्नुहोस्