२१ असार २०८३, आइतबार

ममता बनर्जीले मोदीलाई भनिन्– जनताको फैसला मान्नुस्, हामीलाई काम गर्न दिनुस्

बैशाख २४, २०७८
ममता बनर्जीले मोदीलाई भनिन्– जनताको फैसला मान्नुस्, हामीलाई काम गर्न दिनुस्

भारतको पश्चिम बंगालको मुख्यमन्त्री तेस्रोपटक बनेपछि ममता बनर्जीले मोदी सरकारमाथि शाब्दिक आक्रमण गर्दै जनताको निर्णय मान्न र कोभिड व्यवस्थापनमा आफूहरूलाई काम गर्न दिन भनेकी छन् । 

केन्द्र सरकारका मन्त्रीहरू बंगाल आएर साम्प्रदायिक दंगा झनै भड्काइरहेको आरोप उनले लगाइन् । 

उनले भनिन्, ‘हामी अब तपाईंहरूसँग झगडा गर्न चाहँदैनौं । बुधवार बिहान १०ः४५ मा मैले मुख्यमन्त्री पदको शपथ लिएँ र त्यही साँझ केन्द्र सरकारको पत्र आयो । त्यसमा लेखिएको थियो– बिहीवार बिहान केन्द्रीय टोली बंगाल पुग्दैछ । केन्द्रीय टोली अक्सिजन र खोपको कमीका बारेमा जानकारी लिन आएको छ कहिल्यै ?’

ममताले निर्वाचन परिणाम सार्वजनिक भएपछि भएका हिंसामा मारिएका १६ जनाको परिवारलाई दुई–दुई लाख भारु दिने घोषणा गरेकी छन् ।

भारतीय जनता पार्टीका सबै मुख्यमन्त्रीले आफूविरुद्ध बोलिरहेको ममताले बताइन् । 
 

salt training

कमेन्ट गर्नुहोस्